बैतडी । बैतडीमा जंगली बँदेलको आक्रमणबाट एकजना प्रहरी हवल्दार घाइते भएका छन् । सुर्नया गाउँपालिका ४ घर भएका प्रहरी हवल्दार ३६ वर्षीय राम लुहार घाइते भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका राम घर बिदामा गएका बेलmा बदेलले आक्रमण गरेको थियो ।आ क्रमणबा ट रामको हात र खुट्टामा चोट लागेको छ। जिल्ला अस्पतालमा सामान्य उपचारपछि उनलाई धनगढी रेफर गरिएको बताइएको छ । केही वर्षयता बैतडीमा जंगली बँदेलले आ तंक मच्चाउने गरेका छन् ।
यही साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर बैतडीको सुर्नया गाउँपालिका ५ का दुई युवकको मृ त्यु समेत भएको थियो ।