मेस्सी बिनाको बार्सिलोनाको उत्कृष्ट खेल रोनाल्डोको युभेन्टसको लज्जस्पद हार — OSNepal

मेस्सी बिनाको बार्सिलोनाको उत्कृष्ट खेल रोनाल्डोको युभेन्टसको लज्जस्पद हार

LC (KTM) August 09, 2021 0

काठमाडौं- बार्साले युभेन्टसलाई ३–० गोलले पराजित गरेको छ ।लियोनेल मेस्सी बिनाको खेलमा पनि बार्सिलोनाको उत्कृष्ट शुरुवात गरेको हो । वार्षिकरुपमा खेलिने जोआन ग्याम्पर ट्रफीमा बार्साले युभेन्टसलाई ३–० गोलले पराजित गरेको हो । मेस्सीले क्लब छाडेपछिको पहिलो खेल एस्टाडी जोहान क्रायफ मैदानमा ३ हजार समर्थकसामु खेलिएको थियो ।

खेलको शुरुवातमा समर्थकहरुले मेस्सीको नाम लिँदै मैदान गुञ्जाएका थिए । मेस्सीबिना मैदानमा उत्रेको बार्सिलोनाले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो । खेलको तेस्रो मिनेटमा नै मेम्फिस डिपेले बार्सिलोनालाई अग्रता दिलाए ।

प्रिसिजनमा डिपेले बार्साका लागि तीन गोल गरिसकेका छन् । उता, युभेन्टसका लागि क्रिस्टियानो रोनाल्डो, म्याथिस डि लिट र अल्भारो मोराटाले गोल फर्काउने प्रयास गरे पनि गोलकिपर नेटोले सबै प्रयास विफल पारिदिएपछि समर्थकहरुलाई खुशी पारिदिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर