मेस्सीलाई आफ्नो क्लबमा ल्याउन पिएसजीले यस्तो आर्कषक पारिश्रमिक दिन तयार, जालान् त मेस्सी ? — OSNepal

मेस्सीलाई आफ्नो क्लबमा ल्याउन पिएसजीले यस्तो आर्कषक पारिश्रमिक दिन तयार, जालान् त मेस्सी ?

LC (KTM) August 09, 2021 0

काठमाडौँ । मेस्सीले बार्सिलोना छाडेसँगै अहिले उनी कुन क्लबमा जालान् भन्ने प्रश्न उठेको छ । मेस्सीलाई बार्सीलोनाले बिदाई गरेसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनल मेस्सीलाई २ वर्षको सम्झौता गर्न औपचारिक प्रस्ताव गरेको छ ।

पीएसजीले मेस्सीलाई दुई वर्षको सम्झौताका लागि प्रस्ताव गरे पनि मेस्सीले भने अहिलेसम्म यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

पीएसजीले मेस्सीलाई आर्कषक पारिश्रमिक दिँदै ६ पटकको बालोन डी ओर विजेता मेस्सीलाई आफ्नो क्लबमा आउन प्रस्ताव गरेको अन्तराष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार मेस्सीलाई पीएसजीले मेस्सीलाई कर काटेर वार्षिक २५ मिलियन पाउण्ड दिन तयार रहेको छ । बार्सिलोनाको एकेडेमीमा हुर्किएका ३४ वर्षीय मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर