कोरोनाका कारण नेपाल हुने भनिएको एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगिता अब उज्वेकिस्तानमा हुने — OSNepal

कोरोनाका कारण नेपाल हुने भनिएको एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगिता अब उज्वेकिस्तानमा हुने

LC (KTM) August 08, 2021 0

एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगिता कोरोनाका कारण प्रभावित भएको छ । यो खेल नेपालमा हुने तय भएको थियो तर नेपालमा कोरोना संक्रमणको दर उच्च हुदै गएपछि नेपालमा नहुने पक्का भएको छ । अब यो खेल उज्वेकिस्तानमा हुने भएको छ ।

एसियाली फुटबल महासंघ एएफसीले कोभिड संक्रमणको बढ्दो असरका कारण नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जनाएको छ । नेपालबाट मात्र हैन बंगलादेश र इन्डोनेसियाबाट पनि छनोट खेलहरु बाहिर निकालेको एएफसीले जनाएको छ ।

समूहको छनोट चरणको खेल नेपालको दशरथ रंगशालामा हुने तय भएको थियो । प्रतियोगिताका छनोट चरणका खेलहरु सेप्टेम्बर १३ देखि २५ सम्म हुने तय भएको थियो । एसिया कप छनोटका लागि नेपालले तयारी तिव्र बनाएको छ ।

एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारीमा राखेको छ ।अर्को वर्ष जनवरी २० देखि भारतमा हुने प्रतियोगिताको छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपाल रहेको समूहमा हङकङ र फिलिपिन्स छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर