नयाँ माओवादी केन्द्र बनाउन प्रचण्डले मागे सुझाव — OSNepal

नयाँ माओवादी केन्द्र बनाउन प्रचण्डले मागे सुझाव

LC (KTM) May 17, 2021 0

काठमाडौं ३ जेठ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीलाई थप व्यवस्थापन , संगठनात्मक संरचना लगायतका विषयमा सुझाव मागेका छन् । प्रचण्डले आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो पार्टीलाई नयाँ ढंगले कसरी बढाउने भनेर उचित राय सल्लाह सुझावको अपेक्षा गरेको उल्लेख गरेका हुन् ।

उनले लेखेका छन् ,हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।आफ्नो राय सल्लाह सुझाव तलको ईमेल ठेगानामा पठाऊनुहुन अनुरोध छ। धन्यवाद!!

प्रचण्डले [email protected] मा आफ्नो राय सुझाव पठाउन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर