काठमाण्डौँ । अन्तत बार्सिलोनाबाट मेस्सी बिदा भएका छन् । सम्झौता नवीकरण नभएपछि गएको बिहीवारदेखि मेस्सीले बार्सिलोना छाड्ने निर्णय गरेका हुन् । यसैबिच स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनाको बिदाई कार्यक्रममा मेस्सी निकै बेर रोएका छन् ।
सिनियर टोलीमा १७ र समग्रमा २१ वर्षपछि मेस्सीले बार्सिलोना छाड्न लागेका हुन् । मेस्सी रोएपछि कार्यक्रममा उपस्थित बार्सिलोनाका अन्य खेलाडी, दर्शक पनि भक्कानिएका छन् । अन्तराष्ट्रिय मिडियाका अनुसार नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको हो ।
मेस्सीका लागि आयोजना गरिएको भब्य सभाहलमा सभाहलमा प्रवेश गर्ने बित्तिकै रोएका मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँशु झारेका मेस्सी सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए ।
रुँदा रुँदै भक्कानिएका मेस्सीले आफूले नचाहेर पनि क्लब छाड्नुपरेको र यस्तो अवस्था आउने नसोचेको बताए । मेस्सीले आफूबिना पनि क्लब अघि बढ्नेमा ढुक्क रहेको बताए ।