दुवईबाट आएका तारकेश्‍वरका भुजेलले ल्याएको उक्त सामान विमानस्थलमा दुई जनाले डर त्रास देखाई लैजान लाग्दा ... — OSNepal

दुवईबाट आएका तारकेश्‍वरका भुजेलले ल्याएको उक्त सामान विमानस्थलमा दुई जनाले डर त्रास देखाई लैजान लाग्दा …

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेंलो धातु सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्‍वर नगरपालिका ५ घर भएका ३१ वर्षीय मुन्दिप भुजेल, पर्सा ठोरी गाउँपालिका९४ स्थायी वतन भएका ३७ वर्षीय कृष्ण बहादुर पाख्रिन र सोही ठाउँ बस्ने २८ वर्षीय विनोद लामा रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियाबाट सुन जस्तो देखिने पहेंलो रंगको धातुको ४८ ग्रामको १ थान बाला सहित निजहरुलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

दुवईबाट आएका भुजेलले भन्सार उद्‍घोष नगरी उक्त धातुको बाला लुकाई छिपाई लैजाने क्रममा अन्तर्राष्ट्रिय उडानतर्फको आगमन एरियामा पाख्रिन र लामाले भुजेललाई डर त्रास धम्की देखाई उक्त धातुको बाला लैजान लागेको अवस्थामा प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो ।

निजहरुलाई थप आवश्यक कारवाहीको लागि विमानस्थल भन्सार कार्यालय गौचरण पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर