नियन्त्रित लागूऔषध १ सय २० चक्की नाईट्रोभेट सहित गोकर्णेश्‍वरको जम्मुडाँडाबाट रन्जिता बानियाँसहित दुई जना पक्राउ — OSNepal

नियन्त्रित लागूऔषध १ सय २० चक्की नाईट्रोभेट सहित गोकर्णेश्‍वरको जम्मुडाँडाबाट रन्जिता बानियाँसहित दुई जना पक्राउ

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । अवैध लागूऔषधसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका ५ महाँकाल घर भएका २७ वर्षीय मोहन तामाङ र काठमाडौं जयबागेश्‍वरी बस्ने काभ्रे भुम्लुसल्ले ५ घर भएका २३ वर्षीय रन्जिता बानियाँ रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट अवैध लागूऔषध गाँजा र नियन्त्रितलागूऔषध १ सय २० चक्की नाईट्रोभेट तथा १ सय ९० चक्की ट्रामा बरामत गरेको हो ।

निजहरुलाई शनिबार साँझ काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका ५ जम्मुडाँडाबाट महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई थप अनुशन्धान र कारवाहीको प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर