२० वर्षदेखि पालेको भाले अचानक मरेपछि दाङका शिव सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरे — OSNepal

२० वर्षदेखि पालेको भाले अचानक मरेपछि दाङका शिव सुवेदीले हिन्दु परम्पराअनुसार दाहसंस्कार गरे

LC (KTM) August 08, 2021 0

काठमाडौं – तपाइर्एको घरमा पाल्दै आएको कुखुरा मरे के गर्नुहुन्छ ? धेरैले गाड्ने चलन छ । तर दाङका शिव सुवेदीले आफुले २० वर्षदेखि घरमै पाल्दै आएको कुखुराको भाले मरेपछि हिन्दु परम्पराअनुसार दाहसंस्कार गरेका हुन् । सुवेदीले आँफुले उक्त भालेलाई २० वर्षदेखि स्याहार सुसार गर्दै आएका कारण आँफु भावविह्वल बनेको प्रतिक्रिया दिएका छन् ।

भालेलाई २० वर्षदेखि पाल्दै आएका कारण उसको धेरै माया लाग्दै गएको र भाले अचानक मरेपछि २५ जना मलामीको सहभागितामा दाहस‌ंस्कार गरिएको छ । सुवेदीले गाउँकै चौवा खोलामा लगेर दाहसंस्कार गरेका हुन् । कुखुराको भालेको दाहसंस्कार गरिएको यो संसारकै पहिलो र अनौठो घटना हो । भाले मरेको शोकमा सुवेदीले कपाल खौरिएर नुन पनि छोडेको बताइएको छ । उक्त भाले १९ वर्ष १० महिनामा मरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर