नेपालको लागि चिनिया राजदुत यान्छीलाई भेटे लगत्तै प्रचण्ड पुगे बालुवाटार — OSNepal

नेपालको लागि चिनिया राजदुत यान्छीलाई भेटे लगत्तै प्रचण्ड पुगे बालुवाटार

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालको लागि चिनिया राजदुत हाउ यान्छीबीच आज भेटवार्ता भएको छ ।

आज बिहान अध्यक्ष प्रचण्डलाई भेट्न उनको निजी निवास खुमलटार पुगेकी राजदुत यान्छी करिब डेढ घण्टापछि बाहिरीएकी थिइन् ।

भेटमा के विषयमा छलफल भएको भने स्पष्ट पारिएको छैन । यान्छीलाई भेटे लगत्तै अध्यक्ष प्रचण्ड भने प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर