महासचिव पोखरेलसमक्ष ‘जरा केन्द्रित अभियान’को प्रतिवेदन पेस — OSNepal

महासचिव पोखरेलसमक्ष ‘जरा केन्द्रित अभियान’को प्रतिवेदन पेस

LC (KTM) April 29, 2025 0

काठमाडौँ, १६ वैशाख : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलसमक्ष एमाले कर्णाली प्रदेशले तीन महिने जरा केन्द्रित अभियानको प्रतिवेदन पेस गरेको छ । ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज एमाले कर्णाली प्रदेश इञ्चार्ज गोरख बोगटीले अभियानको प्रतिवेदन महासचिव पोखरेलसमक्ष पेस गर्नुभएको हो ।

प्रतिवेदनमा कर्णालीका गाउँ–गाउँमा पार्टी सङ्गठनलाई थप सुदृढ बनाएको निष्कर्ष निकालिएको इञ्चार्ज बोगटीले जानकारी दिनुभयो । उहाँले महासचिव पोखरेललाई अभियानका मुख्य उपलब्धि र देखिएका चुनौतीबारे संक्षिप्त जानकारी गराउनुभएको थियो । इञ्चार्ज बोगटीले अभियानले कर्णाली पार्टीका स्थानीय कमिटीलाई पुनर्गठन तथा सुदृढीकरण गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

अभियानका क्रममा स्थानीयस्तरका समस्या र आवश्यकता पहिचान गरी पार्टीको आगामी नीति तथा कार्यक्रममा समावेश गर्न महत्त्वपूर्ण सुझावहरू सङ्कलन गरिएको उहाँले जानकारी दिनुभयो । महासचिव पोखरेलले प्रतिवेदनको अध्ययनपछि अभियानको समग्र मूल्याङ्कन गर्ने र आवश्यक निर्देशन दिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर