चितवन – SML Isuzu गाडीहरूका लागि नेपालको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेहिकल प्रा.लि.ले ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने र आफ्नो उत्कृष्ट सेवा प्रतिबद्धतालाई सशक्त बनाउने उद्देश्यले चितवनको गितान गार्डेन रिसोर्टमा ‘ग्राहक भेटघाट कार्यक्रम २०२५’ सफलतापूर्वक सम्पन्न गरेको छ।
जापानी प्रविधिमा आधारित र भारतमा निर्मित SML Isuzu ले बस तथा ट्रकहरूको निर्माण गर्दै सेवा, स्पेयर पार्ट्स र बिक्री एउटै स्थानबाट प्रदान गर्दै आएको छ। नेपाली भू-वनोट तथा बजारमा लोकप्रिय र प्रभावकारी मानिएका SML Isuzu का सवारी साधनहरू विगत लामो समयदेखि लोकप्रिय रहँदै आएका छन्।
लक्ष्मी कमर्शियल भेहिकलको ग्राहक–केन्द्रित सोचअनुसार आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो।
कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकल प्रा.लि.का सेल्स हेड श्री सञ्जय खड्काले आगामी दिनहरूमा अझ राम्रो सेवा तथा सुविधा प्रदान गर्ने, ग्राहक आवश्यकता अनुसार उत्कृष्ट गाडी उपलब्ध गराउने र दीर्घकालीन रूपमा सन्तुष्टिपूर्ण सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै, बस इनचार्ज श्री रामहरी थपलियाले SML Isuzu गाडीहरूको प्रविधिक विशेषता तथा यसको बलियो विश्वसनीयताबारे विस्तृत जानकारी गराउनुभयो।
कार्यक्रममा लक्ष्मी कमर्शियल भेहिकलको आधिकारिक डिलर ब्राण्डेड अटोमोबाइल प्रा.लि.को सहकार्य रहेको थियो।
ब्राण्डेड अटोमोबाइल प्रा.लि.का CEO श्री इनर प्रसाद रेग्मीले पनि आफ्नो भनाइ राख्दै लक्ष्मी कमर्शियल भेहिकलसँग मिलेर बिक्री पछिको उत्कृष्ट सेवा (After-Sales Service) प्रदान गर्ने र ग्राहक सन्तुष्टिलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
SML Isuzu ले नेपाली बजारमा लाइट ट्रक, मिडियम ट्रक, टिपर, स्कुल बस तथा स्टाफ बस लगायत विभिन्न क्षमताका बस र ट्रकहरू उपलब्ध गराउँदै आएको छ। विशेष गरी स्कुल बस सेग्मेन्टमा यो ब्रान्डले लामो समयदेखि अग्रणी स्थान कायम राखेको छ।
लक्ष्मी कमर्शियल भेहिकल प्रा.लि.ले आगामी दिनहरूमा यस्तै ग्राहकमुखी कार्यक्रमहरू देशभर सञ्चालन गर्दै ग्राहकहरूसँग अझ नजिक हुँदै मूल्यवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।