काठमाडौं । भारतको इन्टरनेशनल स्टार सिने अवार्डमा नेपालको लघु चलचित्र ‘द स्कुल वाल’ ले ३ विधामा अवार्ड प्राप्त गरेको छ। भारतको वन्ली फिल्म फेस्टिभलको आयोजना रहेको सो चलचित्र महोत्सवमा ‘द स्कुल वाल’ ले ‘बेष्ट सर्ट फिल्म’, ‘बेष्ट स्टोरी ओरिजिनल’ र ‘बेष्ट डिरेक्टर जुरी मेन्सन अवार्ड’ प्राप्त गरेको हो। ऐना आर्ट्सको प्रस्तुतिमा निर्माण भएको यस लघु चलचित्रको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्।
लघु चलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डाइरेक्शनसँगै निर्माण समेत गरेका हुन्। थुप्रै लघु चलचित्र तथा नाटकहरू निर्माण गरिसकेका क्षेत्री ‘द स्कुल वाल’ छोटो समयमा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर विजेता बनेकोमा खुशी लागेको बताउँछन्। “हामीजस्ता भुइँमान्छेले निर्माण गरेको लघु चलचित्र अन्तर्राष्ट्रिय बजारसम्म पुग्नु नै ठूलो कुरा हो। यसले अझै केही गर्ने जोश, जाँगर र आँट थपिदिएको छ। अब चाँडै ठूलो पर्दाको चलचित्र निर्माण गरिनेछ,” उनी बताउँछन्।
‘द स्कुल वाल’ मा पर्खालको रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ। लघु चलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईका एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको छ। काठमाडौंमा छायांकन गरिएको लघु चलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन्। लघु चलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जनले गरेका छन् भने सहायक निर्देशन करन साउदले सम्हालेका छन्। लघु चलचित्रमा श्लोक साहले मुख्य भूमिका निर्वाह गरेका छन्। अन्य चर्चित कलाकारहरू सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोइराला, उद्धव दंगाल लगायतका कलाकारहरूको अभिनय रहेको छ।
बालमनोविज्ञानमा आधारित लघु चलचित्र ‘द स्कुल वाल’ ले रसियाको किनो चलचित्र महोत्सवको फाइनलमा पनि विजेता बनेको थियो। यस लघु चलचित्रले ‘१३औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल’ मा ‘बेष्ट नेशनल स्टुडेन्ट फिल्म अवार्ड’, छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार र ग्लोबल एक्सिलेन्स अवार्डमा ‘बेष्ट सर्ट फिल्म अवार्ड’ समेत प्राप्त गरेको थियो।
‘द स्कुल वाल’ अमेरिकाको फेस्टिभल एन्जेलिका र स्मलरिग्स अवार्ड, नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साईन्टिफिक फिल्म फेस्टिभल, जिम्बाब्वेको भर्सिटी फिल्म एक्स्पो, इटालीको वर्क एण्ड इन्टरप्राइजेज फिल्म फेस्टिभल अवार्ड, इजिप्टको पोर्ट सईद फिल्म फेस्टिभलमा पनि छनोट भएको थियो।
त्यस्तै, ब्राजिलको फेस्टिभल द सिनेमा स्टुडेन्टि द ग्युबा, मलेसियाको क्वालालम्पुर इन्टरनेशनल फिल्म अवार्ड, कोरियाको वन वर्ल्ड वन फ्लावर इन्टरनेशनल बुद्धिष्ट फिल्म फेस्टिभल, भारतको सिएमएस इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स तथा फस्ट टाइम फिल्ममेकर सेसन्समा पनि छनोट भएको थियो।
नेपालको इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ), नेपाल इन्टरनेशनल फिल्म फेस्टिभल (निफ), थाहा चलचित्र महोत्सव लगायतका चलचित्र महोत्सवहरूमा समेत छनोट भएको थियो।
विभिन्न विद्यालयहरूमा समेत प्रदर्शन भईरहेको ‘द स्कुल वाल’ को बजार व्यवस्थापनको जिम्मेवारी लर्निङ मिडिया एण्ड इभेन्ट प्रा.लि.ले सम्हालेको छ। यस फिल्मलाई विद्यालयहरूमा प्रदर्शन गर्दा विद्यालय, शिक्षक तथा विद्यार्थीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् र धेरै विद्यालयहरूबाट प्रदर्शनका लागि माग आइरहेको बजार व्यवस्थापक कपिलराज लामिछानेले बताएका छन्।
Kathmandu – Nepal’s short film The School Wall has won three awards at India’s International Star Cine Awards. Organized by the Wanley Film Festival, the film received awards for Best Short Film, Best Original Story, and Best Director Jury Mention. The short film, presented by Aina Arts, was written and directed by Mohan Abhilashi.
Surendra Chhetri handled both casting direction and production for the short film. Having already produced several short films and plays, Chhetri expressed his happiness that The School Wall has been selected and awarded at many national and international film festivals within a short time. “For grassroots filmmakers like us, reaching the international market itself is a big achievement. This success has given us even more energy, enthusiasm, and courage. A feature film will soon be produced,” he said.
The School Wall portrays poverty, circumstances, and responsibilities as metaphorical walls. The short film presents the story of a young boy from the Terai region who shines shoes near a school, highlighting his struggles. Shot in Kathmandu, the film’s cinematography was done by Narayan GC, editing and color grading by Anil Kumar Maharjan, and assistant direction by Karan Saud. Shlok Sah plays the lead role, alongside performances by well-known actors such as Subash Prasad Gajurel, Saroj Lamichhane, Chandra Prasad Pandey, Geeta Shree Thapa, Ayusha Gautam, Bidur Prasad Sigdel, Nisha Dahal, Rehan KC, Khem Raj Koirala, and Uddhav Dangal.
Based on child psychology, The School Wall also won the final round at Russia’s KINO Film Festival. It has previously received the Best National Student Film Award at the 13th Nepal Africa International Film Festival, the Best National Children’s Film Award at the 6th Nepal Cultural International Film Festival, and the Best Short Film Award at the Global Excellence Awards.
The School Wall was officially selected for prestigious festivals including:
It was also selected for:
In Nepal, The School Wall was selected for major festivals such as the International Mountain Film Festival (KIMFF), the Nepal International Film Festival (NIFF), and the Thaha Film Festival, among others.
The distribution and market management of The School Wall is being handled by Learning Media and Event Pvt. Ltd. According to market manager Kapilraj Lamichhane, screenings at various schools have received positive feedback from schools, teachers, and students, and there have been increasing requests for more school screenings.