रौतहट — रौतहट जिल्लाको वृन्दावन नगरपालिका–७ मा १४ वर्षीय बालक कृष्ण प्रसाद यादवको अपहरणपछि हत्या गरिएको घटनाले स्थानीय समुदायलाई गहिरो मर्माहत बनाएको छ।
स्थानीयवासीका अनुसार बालकको अपहरण र निर्मम हत्या प्रकरणमा संलग्न रहेका नागेन्द्र सहनी, साधु भनिने नागेन्द्र सहनी, विकास पटेल र अनिल साह विरुद्ध कडा कानुनी कारबाहीको माग गरिएको छ।
पीडित पक्ष र स्थानीयवासीले अपराधमा संलग्न सबै व्यक्तिहरूलाई कडा भन्दा कडा सजाय दिनुका साथै न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग आह्वान गरेका छन्। उनीहरूले भनेका छन्, “हामीलाई आशा छ कि सम्बन्धित निकायबाट सकारात्मक सहयोग प्राप्त हुनेछ, जसले हाम्रो समाजमा न्याय स्थापनामा महत्वपूर्ण योगदान पुर्याउनेछ।”
यस घटनाले पुनः एक पटक बालबालिकाको सुरक्षासम्बन्धी गम्भीर प्रश्न उठाएको छ। अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र दोषीहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षाकर्मीहरू सक्रिय रहेको प्रहरीले जनाएको छ।