सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार लाख आम्दानी — OSNepal

सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा चार लाख आम्दानी

LC (KTM) April 29, 2025 0

इनरुवा (सुनसरी), १६ वैशाखः सुनसरीगढी गाउँपालिका–५ का अनुरुप उराँवले सात कठ्ठा जग्गामा लौकाखेती गरी एक याममा रु चार लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
वार्षिक रु २० हजारमा अरुसँग सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेको बताउँदै उहाँले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिनुभयो । ती बिरुवा रोप्दा रु ५० हजार लगानी भएको बताउनुभयो ।

बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा रु ५० हजार खर्च भएको भन्दै उहाँले एक याममा रु चार लाखसम्म आम्दनी हुने जानकारी दिनुभयो । युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा रु चार लाखसम्म आम्दानी हुने भन्दै उहाँले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गर्नुभयो ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताउनुभयो । गाउँपालिका क्षेत्रमा पहिलो पटक भाडा जग्गामा लिएर लौकाखेती गरेको उहाँले बताउनुभयो । लौका सुरुमा प्रतिगोटा रु ८० मा बिक्री गरेकामा अहिले रु २० देखि २५ मा बिक्री हुँदा पनि रु चार लाख आम्दानी भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर