काठमाडौं — मिराज बिक्रम सिंहको निर्देशनमा तयार भएको नयाँ पश्चिमेली देउडा गीत ‘तमै फूलिमा’ को भिडियो सार्वजनिक गरिएको छ। मिराजकै शब्द रचना, रोशन टमट्टाको संगीत, रोशन तथा प्रेरक्षा सिंहको स्वर र दीपक संगम विसीको मिक्सिङ तथा मास्टरिङमा तयार भएको यो गीत ओएसआर डिजिटलमार्फत सार्वजनिक भएको हो।
राजीव समरको कोरियोग्राफी रहेको गीतको भिडियोमा गीता ढुंगाना, कार्तिक सिंह, हिक्मत अविरल र गणेश जी.सीलाई फिचरिङ गरिएको छ। महेश महाराको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोले गीतमा प्रस्तुत भावनालाई आकर्षक ढंगले उतारेको छ।
गीतमा शब्द, कलाकारिता, भावना र सिनेमाटोग्राफीको राम्रो संयोजन रहेको गीतकार तथा निर्देशक मिराज सिंहले बताए। उनले भने, “सवै टिमले मिहिनेत गरेर उत्कृष्ट सिर्जना श्रोता तथा दर्शकमाझ पस्किएका छौं। आशा छ, सबैले मन पराइदिनुहुनेछ।”
Music Video of ‘Tamai Phoolima’ Released
Kathmandu — The music video of the new western Deuda song ‘Tamai Phoolima’, directed by Miraj Bikram Singh, has been officially released. The song features lyrics by Miraj, music composed by Roshan Tamata, vocals by Roshan and Praksha Singh, and mixing/mastering by Deepak Sangam BC. It has been released through OSR Digital.
The video, choreographed by Rajiv Samar, stars Geeta Dhungana, Kartik Singh, Hikmat Aviral, and Ganesh G.C. Mahesh Mahar handled the cinematography, while Tekendra Shah edited the video, beautifully capturing the emotions conveyed in the song.
Director and lyricist Miraj Singh mentioned that the song successfully blends lyrics, performance, emotion, and cinematography. “The entire team has worked hard to deliver a beautiful creation to the audience. We hope everyone will love it,” he said.