बैंकिङ्ग कसुरमा फरार सबिना शाक्य काठमाडौंमा पक्राउ — OSNepal

बैंकिङ्ग कसुरमा फरार सबिना शाक्य काठमाडौंमा पक्राउ

Kesh Karki (USA) April 29, 2025 0

काठमाडौं – बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा फरार रहेकी सबिना शाक्यलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको छ।

सबिना शाक्यविरुद्ध पनि काठमाडौं जिल्ला अदालतबाट मिति २०८१ साल चैत १९ गते पक्राउ अनुमति जारी गरिएको थियो। सोही अनुसार फरार रहेकी शाक्यलाई खोजतलास गर्ने क्रममा मिति २०८२ साल वैशाख १४ गते काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २८, डिल्लिबजार क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

शाक्य गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. ४, पोखरीथोक स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौंमा बसोबास गर्दै आएकी थिइन्। उनीमाथि बैंकिङ्ग कसुरमा संलग्न भएको आरोप लागेको छ।

पक्राउ परेपछि सबिना शाक्यलाई पनि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर