अमित प्रधानको नयाँ सिर्जना ‘मायाको आभाष’ सार्वजनिक — OSNepal

अमित प्रधानको नयाँ सिर्जना ‘मायाको आभाष’ सार्वजनिक

Kesh Karki (USA) April 28, 2025 0

काठमाडौं – गायक अमित प्रधानको स्वरमा रहेको नयाँ गीत ‘मायाको आभाष’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस गीतका शब्द रचना र संगीत स्वयं गायक प्रधानले गरेका हुन्। गीतको सङ्गीत निर्माण हर्कुलस बस्नेतले गरेका छन्।

हिमाल थापाको निर्देशनमा बनेको म्युजिक भिडियोमा व्हेर्‍री केसी र अमित प्रधानले अभिनय गरेका छन्। भिडियोमा मेकअप सदिक्षा कर्माचार्य र हेयर स्टाइलिङ खुस्बु श्रेष्ठले सम्हालेका छन् भने ट्यांक साउद मेकअप सहायकका रूपमा रहेका छन्।

गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन्। बाँसुरीमा किरण बरालले साथ दिएका छन्। भिडियो सम्पादन र रङ्ग संयोजन निर्देशक थापाले नै गरेका छन् भने सिनेम्याटोग्राफी रेयवट श्रेष्ठले सम्हालेका छन्। उत्पादन व्यवस्थापन सलिम एमएसएमले गरेका हुन्। सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निर्वाह गरेका छन्।

‘मायाको आभाष’ म्युजिक नेपालले निर्माण तथा बजार व्यवस्थापन गरेको हो। डायस्पोरामा रहेका नेपाली संगीतप्रेमी र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले म्युजिक नेपालले यस्तो परियोजना अघि सारेको जनाएको छ।

भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलमा हेर्न सकिन्छ।

Amit Pradhan’s New Song ‘Mayako Aabhash’ Released

Kathmandu – Singer Amit Pradhan’s new music video “Mayako Aabhash” has been officially released via Music Nepal’s official YouTube channel. Amit Pradhan himself has penned the lyrics and composed the music for the song, while Hercules Basnet handled the musical arrangement.

Directed by Himal Thapa, the music video features performances by Wherry KC and Amit Pradhan. Makeup for the video was done by Sadikshya Karmacharya, hair styling by Khusbu Shrestha, and Tank Saud assisted with the makeup.

The vocal recording was done by Sandesh Shrestha in Melbourne, Australia, and Kiran Baral has contributed flute melodies to the song. The editing and color grading of the video were also handled by director Thapa, while cinematography (DOP) was done by Reyawat Shrestha. The production management was overseen by Salim MSM, and Sanjay Subedi worked as the assistant director.

“Mayako Aabhash” has been produced and marketed by Music Nepal, as part of their ongoing initiative to promote Nepali musical talents within the diaspora community.

The music video is now available for viewing on Music Nepal’s YouTube channel.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर

प्रमुख समाचार

Advertisement