एउटा फिल्मको लागि अभिनेता शाहिद कपुरले महंगो पारश्रमिक मागेपछि बलिउडमा हंगामा — OSNepal

एउटा फिल्मको लागि अभिनेता शाहिद कपुरले महंगो पारश्रमिक मागेपछि बलिउडमा हंगामा

LC (KTM) August 08, 2021 0

बलिउडमा काम गर्ने हरेक कलाकारले एकदमै महंगो पारश्रमिक लिने गरेका छन् । उनीहरु पारश्रमिककै कारण चर्चामा आउने गरेका छन् । पछिल्लो समय रामायण फिल्मका लागि अभिनेत्री करीना कपुरले सिताको चरित्र निर्बाह गर्नको लागि १२ करोड रुपैया मागे पछि बलिउडमै हलचल मच्चिएको थियो ।

किनभने अभिनेताको तुलनामा अभिनेत्रीले एकदमै न्युन पारश्रमिक पाउने गरेका छन् । अहिले फेरी पारश्रमिकको बिषयलाई लिएर बलिउडका चलेका अर्का नायक शाहिद कपुर चर्चामा रहेका छन् । उनले एउटै फिल्मका लागि ३५ करोड भारु अर्थात ५६ करोड नेपाली रुपैया माग गरेका छन् ।

तमिलको ब्लकबस्टर फिल्म ‘सुरराई पोट्टरु’ को हिन्दी रिमेक बन्दैछ यहि फिल्मको रिमेक घोषणा भएसँगै सबैभन्दा पहिला अभिनेता शाहिद कपूरलाई फिल्मका लागि प्रस्ताव राखिएको थियो । शाहिदले मोटो पारिश्रमिक ३५ करोड माग गरेपछि निर्माण पक्ष हच्किएको छ । अब यस फिल्मको रिमेकमा अक्षय कुमार पनि देखिने सम्भावना बढेर गएको छ ।

यस फिल्मलाई सूर्या र गुनीत मोंगाले हिन्दी रिमेक निर्माण गर्दैछन्। अक्षय कुमार पनि यो फिल्म खेल्नका लागि इच्छुक नै रहेको संकेत दिएका छन् । तर तत्काल अक्षय कुमार संग समय नभएको हुँदा रिमेक फिल्मको छायांँकनमा ढिलाई हुने निर्माण पक्षले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर