“डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, १५ प्रतिशत छुट अफर घोषणा” — OSNepal

“डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश, १५ प्रतिशत छुट अफर घोषणा”

Kesh Karki (USA) April 28, 2025 0

काठमाडौं । नेपालको अग्रणी सफ्टवेयर डेभलपमेन्ट कम्पनी डाइनामिक टेक्नोसफ्ट १६ औँ वर्षमा प्रवेश गरेको छ।

यस उपलब्धिको अवसरमा कम्पनीले आफ्ना ग्राहकका लागि विशेष ‘१५ प्रतिशत छुट’ अफर घोषणा गरेको छ।

सन् २०१० मा वीरगञ्ज, मधेश प्रदेशबाट सुरु भएको डाइनामिक टेक्नोसफ्टले आज नेपाल, भारत र जापानमा गरी २,२०० भन्दा बढी ग्राहकहरूको साथ विश्वास हासिल गरेको छ।

यस कम्पनीले शिक्षा, स्वास्थ्य, निर्माण, सेवा लगायतका क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउने उद्देश्यले डाइनामिक ईआरपी, एकेडेमिक ईआरपी, हस्पिटल ईआरपी, मेम्बरशिप ईआरपीजस्ता अत्याधुनिक सफ्टवेयरहरू विकास तथा विस्तार गर्दै आएको छ।

डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागद्वारा प्रमाणित नेपालकै पहिलो ईआरपी प्रोभाइडर कम्पनी हो। यस कम्पनीसँग देशभर ५० भन्दा बढी आधिकारिक डिलरहरू र १०० भन्दा बढी प्राविधिक विज्ञहरूको दक्ष टिम रहेको छ।

डाइनामिक टेक्नोसफ्टले शिक्षा क्षेत्रमा ८०० भन्दा बढी विद्यालय र कलेजहरूलाई सेवा दिइरहेको छ भने स्वास्थ्य क्षेत्रमा १०० भन्दा बढी अस्पताल तथा मेडिकल कलेजहरूसँग सहकार्य गरिरहेको छ।

यसबाहेक कम्पनीको ईआरपी सोलुसन नेपालका विभिन्न पालिकाहरूमा समेत प्रयोग भइरहेको छ।

डाइनामिक टेक्नोसफ्टले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय बजारतर्फ पनि आफ्नो पाइला बढाउँदै दुबई, मलेसिया र इन्डोनेसिया जस्ता मुलुकहरूमा आफ्नो सेवा विस्तार गर्ने तयारी गरेको छ।

१५ औँ वार्षिकोत्सवको अवसरमा डाइनामिक टेक्नोसफ्टका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत दीपक साहले भने, “१५ वर्षको यात्रामा हामीले विश्वास, प्रतिबद्धता र निरन्तर सुधारको माध्यमबाट प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेका छौं। ग्राहकहरूप्रति हाम्रो उत्तरदायित्वलाई अझ बलियो बनाउन हामी आगामी दिनहरूमा थप नवीनतम सेवा र समाधान लिएर आउनेछौं।”

१५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादहरूमा सीमित अवधिका लागि १५ प्रतिशत छुट अफर प्रदान गरिरहेको छ।

Kathmandu: Nepal’s leading software development company, Dynamic Technosoft, has entered its 16th year.

On the occasion of this milestone, the company has announced a special ‘15% discount’ offer for its customers.

Founded in 2010 in Birgunj, Madhesh Province, Dynamic Technosoft has earned the trust of more than 2,200 clients across Nepal, India, and Japan.

The company has been developing and expanding advanced software such as Dynamic ERP, Academic ERP, Hospital ERP, and Membership ERP, aiming to facilitate digital transformation in sectors like education, healthcare, construction, and services.

Dynamic Technosoft is Nepal’s first ERP provider company certified by the Inland Revenue Department. It has more than 50 authorized dealers and a team of over 100 technical experts across the country.

In the education sector, Dynamic Technosoft is serving over 800 schools and colleges, and in healthcare, it is collaborating with more than 100 hospitals and medical colleges.

Moreover, the company’s ERP solutions are being used in various municipalities across Nepal.

Dynamic Technosoft is now expanding its services beyond Nepal, preparing to enter international markets such as Dubai, Malaysia, and Indonesia.

On the occasion of the 15th anniversary, Dynamic Technosoft’s Founder and CEO, Deepak Sah, stated, “In these 15 years, we have established new dimensions in the technology sector through trust, commitment, and continuous improvement. To strengthen our responsibility towards our customers, we will introduce even more innovative services and solutions in the coming days.”

In celebration of its 15th anniversary, the company is offering a 15% discount on all its software products for a limited time.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर