“पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४: विभिन्न २२ विधामा मनोनयन सूची सार्वजनिक” — OSNepal

“पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४: विभिन्न २२ विधामा मनोनयन सूची सार्वजनिक”

Kesh Karki (USA) April 28, 2025 0

पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४ को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ। स्टार वान इन्टरटेनमेन्टको आयोजनामा हुने यो अवार्डमा विगतझैँ यस पटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा मनोनयन गरिएको छ।

स्टार वान इन्टरटेनमेन्टकी अध्यक्ष पुजा निरौलाका अनुसार गीत–संगीततर्फ आधुनिक, पप, लोक पप, चलचित्र, लोक, लोक दोहोरी, नेपाल भाषाका विभिन्न २२ विधामा मनोनयन सार्वजनिक गरिएको छ।

यस पटक संगीत र मोडलिङतर्फ गीतकार, गायक, गायिका, संगीतकार, म्युजिक भिडियो निर्देशक, कोरियोग्राफर, मोडलहरूबीच विभिन्न विधामा प्रतिस्पर्धा हुने आयोजक एवं स्टार वान इन्टरटेनमेन्टका कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलले बताए।

पछिल्लो डेढ वर्षयता रिलिज भएका गीत–संगीतलाई यो अवार्डमा समावेश गरिएको अवार्डकी प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराएकी छन्। नेपाली गीत–संगीत, फेशन तथा मोडलिङ क्षेत्रमा योगदान पुर्याउनु भएका विभिन्न स्रष्टालाई अवार्ड समारोहमा विशेष योगदान सम्मानबाट सम्मानित समेत गरिने प्रबन्ध निर्देशक सरिता भारतीले जानकारी गराइन्।

नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४, पाँचौँ संस्करणको मनोनयन सूची यस प्रकार रहेको छ।

क) उत्कृष्ट फेसन डिजाइनर

१. दिल माया मगर – एमकेएम फेशन हाउस

२. काजल शर्मा – काजल क्रियसन

३. सञ्जिता बराल – पटुकी पोसाक

ख) उत्कृष्ट म्युजिक भिडियो मेकअप आर्टिष्ट

१. उर्मिला लामा – छोड सताउन

२. मनीषा श्रेष्ठ – नगर दोमन

३. विक्रम गौतम – हंगामा

४. माही सिंह – माया बिक्रीमा छ

५. सरिता प्रजापति – तिम्रो तस्बिर

ग) उत्कृष्ट कोरियोग्राफी (स्टेज प्रस्तुति)

१. शर्मिला तामाङ – कोदोको ढिँडो

२. सन्देश तामाङ – नयुता मारो नाक्ला

३. केशव कोइराला – माया भन्दा ठुलो

४. रेनुका लामा – सर सर पाइला सर्दैन

५. कृष्टी शाही – सानोमा सानो

घ) उत्कृष्ट नेपाल भाषा गीत (गायन)

१. बिराज महर्जन – नक्कलिम्ह मय्जु

२. गंगादेबी महर्जन – कतांमरी या रुप छँगु

३. राजकुमार मानन्धर – छँगु मतिनाया आशय

४. सुनिल चित्रकार – मुसुहुँ न्हिला

५. भिमप्रसाद प्रजापति – हाकु पर्सी तुयु गाचा

ङ) उत्कृष्ट नेपाल भाषा गीत (रचना)

१. सुरजबीर बज्राचार्य – नक्कलिम्ह मय्जु

२. रजन कुस्ले – होली फागू

३. संघरत्न शाक्य – कतांमरी या रुप छँगु

४. राजकुमार मानन्धर – छँगु मतिनाया आशय

५. अमृत रत्न शाक्य – मुसुहुँ न्हिला

च) उत्कृष्ट लोक गीत (गायन)

१. प्रमोद डिजी – रुपसा पातली सुवा

२. शान्ति कुमारी शाही – हरि भजन

३. मनिष चौधरी – सुन्तला पाक्यो

४. आयुमी तामाङ – ओए सोल्टिनी

५. लक्ष्मण श्री – म तिम्रै डल्ले हो

छ) उत्कृष्ट पप/लोक पप गीत

१. सुमन दाहाल – अस्ति भन्दा हिजो

२. कुमार भारती – बालेन्द्रको बत्तीमा

३. पुरुषोत्तम सुवेदी – सिरसिर बतास

४. नम्रता तामाङ – दिलमा चुकुल

५. रामचन्द्र खरेल – बालेन सिटी काठमाडौँ

ज) उत्कृष्ट लोक दोहोरी गीत (गायक)

१. मदन ढकाल – रुमाल फरर

२. चन्द्र शर्मा – बालेनको सहर

३. अर्जुन सापकोटा – बस्यौ अलक्कै

४. नमराज ढुँगाना – नगर दोमन

५. गोविन्द मधुर आचार्य – निरी मायाको

झ) उत्कृष्ट लोक दोहोरी गीत (शब्द)

१. अनिल दवाडी – तिम्रो त दुनियाँ छ

२. डब्बु क्षेत्री – छोड सताउन

३. कृष्ण रोशनी आचार्य – निरी मायाको

४. रमेश परियार – म यसरी हारी दिन्छु कि

५. कुमार गन्धर्व – मिठो बोली

ञ) उत्कृष्ट लोक दोहोरी गीत (गायिका)

१. नम्रता खरेल – माया पिरतीको गाउँ

२. सपना रोका – झ्यालमा सेतो पर्दा

३. कविता खत्री – नमस्ते ढोग्दिया

४. गीता भट्टराई – नवलपुरे कान्छी

५. सीमा थापा – सनाई ढोलक

ट) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल पुरुष)

१. बादल घिमिरे – कसम तोड्ने म

२. कृष्ण सापकोटा – डाँडै कटाउने

३. प्रवण भुसाल – छोड सताउन

४. पल शाह – मायालाई पानको पात

५. यस राज गराच – माया पिरतीको गाउँ

ठ) उत्कृष्ट लोकदोहोरी गीत म्युजिक भिडियो (मोडल महिला)

१. अस्मिता पुरी – फूलमाया

२. नारायणी खत्री – करिमैमा

३. अस्मिता रणपाल – देखिएको च्वाँक च्वाँक

४. जुना कार्की – यो दुनियाँ त बेग्लै

५. जुना गुरुङ – जान्छ्यौ र माइली

ड) उत्कृष्ट लोक तथा दोहोरी गीत म्युजिक भिडियो (कोरियोग्राफर)

१. मुकेश नेपाली – धादिङ गजुरी

२. रबिता मगर – एक नम्बरी सुन

३. कृष्ण रसाल – छोड सताउन

४. सिबोन श्रेष्ठ – यो दिलको पाइलट

५. नितिन वाईबा – जाऊँ त भने बाटोमा

ढ) उत्कृष्ट चलचित्र गीत (गीतकार)

१. उर्मिला गुरुङ – के भरोस गरम (एक्टर टेक वान)

२. राजेश कुमार श्रेष्ठ – दिन बित्ला (एक्टर टेक वान)

३. विकास विष्ट – बाहिरी पीडाले भन्दा (न मेटिएको घाउ)

४. शैलेन्द्र खनाल शरद – जय गोर्खाली (गोर्खा वारियर)

ण) उत्कृष्ट चलचित्र गीत (संगीतकार)

१. राजेन्द्र बजगाईँ – बुट्टे रुपमा (ब्लाक छाया)

२. एलिश कार्की – जय गोर्खाली (गोर्खा वारियर)

३. हर्कुलस बस्नेत – के भरोसा गरम (एक्टर वान टेक)

४. दीपक शर्मा – बिहे भाको छैन (छक्का पञ्जा ५)

त) उत्कृष्ट आधुनिक गीत (गीतकार)

१. दीपेन्द्र अधिकारी – जिन्दगीको यो खेल

२. डब्बु क्षेत्री – तिमीलाई नै सधैँ

३. हंस राज जोशी – मलाई तिमी मन पर्यो

४. डा. देवेन्द्र आचार्य – सजाय काफी हुँदैन

५. शेर साउद – प्रेम कथा

थ) उत्कृष्ट आधुनिक गीत (गायक)

१. नारायण थापा – तिमीलाई नै सधैँ किन

२. विनोद राई – जिन्दगी हो खेल जस्तै

३. गोविन्द मधुर आचार्य – एक दिन उज्यालो आउला

४. सैराज खाती – यो दिलको पाइलट

५. ओम सुनार – मायाले सजाउँदा

द) उत्कृष्ट आधुनिक गीत (गायिका)

१. शर्मिला वर्देवा – सजाय काफी हुँदैन

२. स्वाती भट्ट – यो दिलको पाइलट

३. सुमी पराजुली – माया गर्ने तरिका

४. गीता पाण्डे – चाहेको बाटो

५. शोभा पाण्डे – डल्ले खुर्सानी

ध) उत्कृष्ट आधुनिक गीत (संगीतकार)

१. राजकुमार बगर – जिन्दगी यो खेल जस्तै

२. राजेन्द्र बजगाईँ – सजाय काफी हुँदैन

३. योगेन्द्र उपाध्याय – एक्लो भएछु

४. शंकर थापा स्माइल – तिमीलाई म कति माया गर्छु

५. टेक राज ओझा – दिल्ली आग्रा

न) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल पुरुष)

१. अंशु बर्मा – पैसा

२. अभि सुनुवार – म छु आज रोडमा

३. सुरेश कोली – मौसम मौसम…

४. कमल सिंह – चाहन्छु ४

५. विक्रम बुढाथोकी – कस्तो थिएँ कस्तो भएँ

प) उत्कृष्ट आधुनिक गीत म्युजिक भिडियो (मोडल महिला)

१. सदीक्षा पाण्डे – राजाको राज्य

२. रुबिना अधिकारी – नजर लाग्ला नि

३. शिला गजुरे – हाँसेर माग

४. मल्लिका राजोपाध्याय – हे गोरी

५. दीपिका थापा – पैसा

फ) उत्कृष्ट आधुनिक गीत (कोरियोग्राफर)

१. कृष्ण रसाल – तिमीलाई नै सधैँ

२. दिलीप ओखेडा – तप तप पानी

३. शिशिर खाती – दर्शन गरेँ

४. सुरेन्द्र बसेल – चाहन्छु ५

५. प्रवीण थापा – डिम्पल पर्ने गाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर