‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा, जेठ २ गतेबाट हलमा आउँदै — OSNepal

‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा, जेठ २ गतेबाट हलमा आउँदै

Kesh Karki (USA) April 28, 2025 0

काठमाडौं । ‘पशुपतिप्रसाद’, ‘आमा’ र ‘चिसो मान्छे’ जस्ता सामाजिक चलचित्रमार्फत दर्शकको मन जितेका निर्देशक दीपेन्द्र के. खनालको नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ।

घर र डेरोबीचको बसाइले व्यक्तिको जीवनमा पार्ने प्रभाव र सामाजिक हैसियतको कथालाई प्रस्तुत गर्ने चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी र प्रकाश घिमिरे मुख्य भूमिकामा छन्।

चलचित्रको पोस्टर र टिजरमा खगेन्द्र लामिछानेलाई संघर्षशील डेरावाल पात्रको रुपमा प्रस्तुत गरिएको छ। यद्यपि, घरभेटी पात्र को हुन् भन्ने विषयमा निर्देशकले कुनै खुलासा गरेका छैनन्।

निर्देशक खनालका अनुसार चलचित्र ‘के घर के डेरा : घर नं २’ पहिलेको चलचित्रको सिक्वेल नभएर स्वतन्त्र कथा हो। चलचित्रको कथा चर्चित साहित्यकार बुद्धिसागरले लेखेका हुन्, जसले पहिलो पटक सिनेमा लेखनमा पाइला चालेका छन्।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा कृष्णबहादुर थापाले छायांकन गरेका छन् भने नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन निर्माता रहेका छन्। कार्यकारी निर्माताको रुपमा युवराज कार्की रहेका छन्।

‘Ke Ghar Ke Dera: Ghar No. 2’ Set for Release from Jestha 2

Kathmandu — After delivering successful social drama films like Pashupati Prasad, Aama, and Chiso Manche, acclaimed director Dipendra K. Khanal is ready to present his new movie Ke Ghar Ke Dera: Ghar No. 2, releasing across Nepal from Jestha 2.

The film portrays how living in a rented place versus owning a home impacts social status and personal life. It features Khagendra Lamichhane, Nischal Basnet, Upasana Singh Thakuri, Aryan Sigdel, Keki Adhikari, and Prakash Ghimire in lead roles.

Based on the teaser and posters, Khagendra Lamichhane appears as a struggling tenant, although the identities of the homeowners have not been officially revealed.

Director Khanal has clarified that Ke Ghar Ke Dera: Ghar No. 2 is an independent story, not a sequel. The script was penned by celebrated writer Buddhisagar, marking his debut in cinema screenwriting.

Produced under the banners of Apple Entertainment, A Plus Entertainment, and Natraj Creation, the movie’s cinematography is handled by Krishna Bahadur Thapa, with Nakeem Uddin, Sharad Shrestha, and Kiran Maharjan as producers. Yubaraj Karki serves as the executive producer.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर