‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ घोषणा, उत्कृष्ट २० लाई दुई लाखसम्मको छात्रवृत्ति — OSNepal

‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ घोषणा, उत्कृष्ट २० लाई दुई लाखसम्मको छात्रवृत्ति

Kesh Karki (USA) April 28, 2025 0

काठमाडौं । हालै एसइई दिएका छात्रछात्राहरूका लागि बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनको आयोजनामा छैटौँ संस्करणको ‘एसइई डान्स च्याम्पियनसिप–२०२५’ को घोषणा गरिएको छ।

शिक्षा र नृत्यलाई जोड्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यो प्रतियोगिता विगत पाँच वर्षदेखि निरन्तर हुँदै आएको छ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका अध्यक्ष महेश गोदारले प्रतियोगिताको फारम खुला भइसकेको जानकारी दिँदै डिजिटल अडिसनका लागि विद्यार्थीहरूले आफ्नो नृत्य भिडियो पठाउन आह्वान गरे।

यस प्रतियोगिताबाट हालसम्म १०० जना विद्यार्थीहरूले कक्षा ११ र १२ का लागि नेपालका प्रतिष्ठित कलेजहरूमा पूर्ण छात्रवृत्ति जित्ने अवसर पाएका छन्।

यस पटक पनि उत्कृष्ट २० जना विद्यार्थीहरूले कक्षा ११ र १२ अध्ययनका लागि प्रति व्यक्ति करिब दुई लाख रुपैयाँसम्मको छात्रवृत्ति पाउनेछन्।

विजेतालाई नगद एक लाख रुपैयाँ, दोस्रो हुनेलाई ५० हजार, तेस्रो हुनेलाई ३० हजार रुपैयाँसहित ट्रफी र अन्य पुरस्कार प्रदान गरिनेछ।

यस संस्करणको ग्रान्ड फिनाले आगामी असार ७ गते राष्ट्रिय नाचघर, जमलको मेघा हलमा आयोजना हुने छ।

गण्डकी प्रदेशमा प्रत्यक्ष अडिसन हुनेछ भने अन्य प्रदेशका लागि भिडियो मार्फत डिजिटल प्रि अडिसन र सेमी फाइनल आयोजना हुनेछ।

प्रतियोगिता मनासलु वर्ल्ड कलेजको मुख्य प्रायोजन र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुनेछ। निर्णायकहरूमा प्रेम श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन, शान्ति कठायत र पटेल रहेका छन्।

ग्रान्ड फिनालेमा विभिन्न कोरियोग्राफरहरूलाई पनि सम्मान गरिने आयोजकले जनाएको छ।

‘SEE Dance Championship 2025’ Announced, Top 20 Students to Receive Scholarships Worth Up to 200,000 Rupees

Kathmandu – Bajrayogini Dance and Music Academy, Kapan, has officially announced the sixth edition of the ‘SEE Dance Championship–2025’ for students who recently appeared for the SEE exams.

Organized with the goal of connecting education and dance, this championship has been held annually for the past five years.

At a press meet held in Kathmandu, Academy President Mahesh Godar announced that registration forms for the competition are now open and called upon students to submit their dance videos for the digital auditions.

So far, 100 students have received full scholarships to study Grades 11 and 12 at prestigious colleges across Nepal through this platform.

This year, the top 20 finalists will again be awarded full scholarships worth up to NPR 200,000 each.

The champion will win a cash prize of NPR 100,000, the first runner-up will receive NPR 50,000, and the second runner-up will be awarded NPR 30,000, along with trophies and additional prizes.

The grand finale will take place on Asar 7 at the Megha Hall, Rashtriya Nachghar, Jamal, Kathmandu.

Direct auditions will be held in Gandaki Province, while students from other regions can participate through digital pre-auditions and subsequent selection rounds.

The competition is organized in collaboration with Manaslu World College as the main sponsor and the Nepal Academy of Music and Drama as the supporting partner.

Judges include prominent dancers Prem Shrestha, Narayan Rijal, Rohiya Maharjan, Shanti Kathayat, and Patel.

The grand finale will also feature a special felicitation ceremony honoring prominent choreographers from Nepal.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर