काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘सिटामोल’का निर्माता भुगोल कुमार कार्कीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक गरिएको ‘दुरी मलाई हुनु छैन्’ शीर्षकको गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन्।
बरिष्ठ गीतकार हरिभक्त बुढाथोकीको शब्द रचना रहेको उक्त गीतमा टेक बिसी र सिम्रन परियारले स्वर दिएका छन्। भिम बिसीले संगीत भरेका छन् भने केशव बढुले एरेञ्ज गरेका छन्।
गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र उनको टिमले खिचेका हुन्। विशाल कैनीको निर्देशन तथा कोरियोग्राफीमा बनेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन तथा रंग संयोजन गरेका छन्।
New Music Video Featuring ‘Citamol’ Producer Bhugol Kumar Karki Released
Kathmandu – A new music video featuring Bhugol Kumar Karki, producer of the upcoming movie Citamol (set to release on Saun 23), has been released.
The song, titled “Duri Malai Hunu Chain” (“Distance Should Not Exist Between Us”), features producer Karki alongside models Bina Raut and Anita Mehta.
The song’s lyrics were penned by senior songwriter Haribhakta Budhathoki, and vocals are by Tek B.C. and Simran Pariyar. The music was composed by Bhim B.C. and arranged by Keshav Badu.
Produced by Ganga Shrestha and Punit Mehta, the music video was shot by Navaraj Upreti and his team. Directed and choreographed by Bishal Kaini, the video was edited and color-graded by Milan Bishwakarma.