काठमाडौँ, १४ वैशाखः प्रतिनिधिसभाले पूर्वसांसद एवं संविधानसभा सदस्य तीर्थराम डङ्गोलको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो ।
नेपाली कांग्रेसका तर्फबाट २०५६ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं ७ बाट निर्वाचित तथा २०६४ सालको संविधासभा सदस्य डङ्गोलको ७७ वर्षको उमेरमा यही वैशाख १२ गते निधन भएको थियो ।
लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो । बैठकले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १५ गते बिहान ११ बस्नेछ ।