सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री — OSNepal

सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री

LC (KTM) April 27, 2025 0

काठमाडौँ, १४ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले आमा पृथ्वीको प्रत्यक्षस्वरुपका रूपमा भएकाले आमाप्रति सबैको समर्पण र कृतज्ञता प्रगाढ हुनुपर्ने धारणा राख्नुभएको छ ।
आज मातातीर्थ औंँसीका अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भनेर शुभकामना दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा सबै आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्नुुभएको छ । प्रधानमन्त्री ओलीले आफूले चार वर्षको उमेरमा आमा गुमाउनु परेकाले आमाको अनुहार त्यति स्पष्ट नभएको उल्लेख गर्नुभएको छ ।

“मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ । मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बन्नुभयो,” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झना आइरहेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर