काठमाडौं । नेपाल परिवार नियोजन संघले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलसँग भेट गरेको छ।
संघका केन्द्रीय अध्यक्ष डा. राजेन्द्र बहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले आइतबार मन्त्री पौडेलसँग भेटवार्ता गरेको हो। परिवार नियोजन संघको वर्तमान अवस्था तथा भावी कार्यक्रमहरूबारे जानकारी दिन र सरकारसँग सहकार्यको पहल गर्न टोलीले भेट गरेको नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नविन सिग्देलले जानकारी दिएका छन्।
भेटका क्रममा मन्त्री पौडेलले समयको मागअनुसार कार्यक्रमहरूमा जोड दिन सुझाव दिँदै सरकार सहकार्यका लागि तयार रहेको बताएका थिए। “हामी छलफल गरेर अगाडि बढ्नेछौं,” मन्त्री पौडेलले भने।
कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष डा. श्रेष्ठ र कार्यकारी निर्देशक डा. प्रविण शाक्यले संघका गतिविधि र भावी योजनाबारे स्वास्थ्य मन्त्रीलाई जानकारी गराएका थिए।
Nepal Family Planning Association Meets Health Minister for Collaboration
Kathmandu – The Nepal Family Planning Association held a meeting with the Minister for Health and Population, Pradeep Paudel, on Sunday.
A team led by the Association’s Central President, Dr. Rajendra Bahadur Shrestha, met with Minister Paudel to brief him on the Association’s current status and to seek collaboration with the government, according to Nabin Sigdel, President of the Kaski branch of the Association.
During the meeting, Minister Paudel emphasized the need to focus on programs that meet current demands and expressed the government’s willingness to collaborate. “We will move forward through discussions,” he stated.
At the meeting, Central President Dr. Shrestha and Executive Director Dr. Pravin Shakya provided detailed information about the Association’s activities and future plans to the Minister.