अष्ट्रेलिया । चर्चित गायक तथा ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राई हाल अष्ट्रेलिया साङ्गीतिक टुरमा रहेका छन्। नयाँ वर्षको अवसर पारेर आयोजित विभिन्न कन्सर्टहरूमा उनले धमाकेदार प्रस्तुति दिएका छन्।
अष्ट्रेलियाको न्यू साउथ वेल्स, अल्बेरीमा आयोजित ‘करण राई नाइट’ कार्यक्रममा सयौं दर्शकहरू सहभागी भए। दर्जनौं हिट गीतमार्फत तीन घण्टासम्म उनले दर्शकहरूलाई झुमाएका थिए। दर्शकहरूको वान्समोर र हुटिङपछि करणले थप गीतहरू पनि प्रस्तुत गरेका थिए।
कार्यक्रमको विशेष आकर्षणको रूपमा, करिब १५ वर्ष मुनिका खेलाडीहरू र भूतपूर्व भूटानी राष्ट्रिय फुटबल टोलीका सदस्यहरूलाई करण राईको हातबाट सम्मान गरिएको थियो। भुटानी अष्ट्रेलियन कम्युनिटी सपोर्ट ग्रुप इन अल्बेरीका अध्यक्ष डमर क्षेत्रीले कार्यक्रम सफल भएको जानकारी दिए।
त्यस्तै, केही दिनअघि तास्मानियामा क्रिएटिभ जर्नी फाउन्डेसनको आयोजनामा अर्को भव्य कन्सर्ट सम्पन्न भएको थियो। सो कार्यक्रममा पनि करिब डेढ घण्टा करणले आफ्ना हिट गीतहरू प्रस्तुत गरे। कार्यक्रममा फाउन्डेसनका अध्यक्ष ओवेथ राईले करणलाई विशेष सम्मान प्रदान गरेका थिए।
करण राईले अष्ट्रेलियामा पाएको माया र सम्मानले आफूलाई नयाँ संगीत सिर्जनामा थप प्रेरणा मिलेको प्रतिक्रिया दिएका छन्।
Singer Karan Rai’s Explosive Concert Tour in Australia, Honored for His Contribution
Australia – Popular singer and ‘The Voice of Nepal Season 4’ winner, Karan Rai, is currently on a musical tour across Australia. He has set the stage on fire during multiple concerts organized to celebrate the Nepali New Year.
At the “Karan Rai Night” event held in Albury, New South Wales, hundreds of fans gathered to dance and sing along to Karan’s hit songs. Responding to the audience’s chants and cheers, Karan performed for nearly three continuous hours, delivering an electrifying show.
A special highlight of the program was the honoring of emerging sports talents under 15 years old, as well as former members of the Bhutanese National Football Team. Karan Rai personally handed over the honors. Damar Chhetri, president of the Bhutanese Australian Community Support Group in Albury, shared that the event was a grand success.
Similarly, a few days ago, another major concert was held in Tasmania, organized by the Creative Journey Foundation. Karan performed for about an hour and a half, thrilling the audience with his energetic hits. During the event, the Foundation’s President, Obeth Rai, presented a special honor to Karan.
Karan expressed that the love and support he received in Australia have motivated him to create even more new music in the future.