डा. धवल शम्शेर राणाद्वारा जनप्रदर्शनमा सहभागी हुन आह्वान — OSNepal

डा. धवल शम्शेर राणाद्वारा जनप्रदर्शनमा सहभागी हुन आह्वान

Kesh Karki (USA) April 27, 2025 0

काठमाडौं । राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवल शम्शेर राणाले विचार स्वतन्त्रतामा बन्देज लगाउने सरकारको प्रयासको विरोध र आस्थाका बन्दीको रिहाइको माग गर्दै सोमबार प्रदर्शनीमार्गमा आयोजना हुने जनप्रदर्शनमा सहभागी हुन सबै प्रजातन्त्रवादी, राष्ट्रवादी र हिन्दुवादीहरुलाई आह्वान गरेका छन्।

भारतमा स्वास्थ्य परीक्षणपछि आजै स्वदेश फर्कने तयारीमा रहेको जानकारी दिंदै राणाले आइतबार एक सन्देश जारी गर्दै भने, “भोलि प्रदर्शनी मार्गमा भेटौं, म पनि त्यहीं हुनेछु।”

राणाले वैशाख १५ गते राप्रपा नेपालको आयोजनामा हुने जनप्रदर्शनमा सम्पूर्ण हिन्दुवादी, राजावादी, राष्ट्रवादी र प्रजातन्त्रप्रेमीहरूलाई सहभागी हुन हार्दिक अनुरोध गरेका छन्। उनले विचारका आधारमा बन्देज लगाउने ऐन बनाउन नपाइने भन्दै आस्थाका बन्दीहरूको तत्काल रिहाइको माग गरेका छन्।

“देशले अहिले स्थिरता र समृद्धिको खोजी गरिरहेको छ। समान विचार भएका सबैले एकता गरेर देश बचाउने र बनाउने अभियानमा जुट्नुपर्ने बेला आएको छ,” राणाले भने।

उनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा समान विचार राख्ने दल, संघसंस्था, अभियान तथा समूहहरूद्वारा आयोजना गरिने कार्यक्रममा राप्रपा र संयुक्त जनआन्दोलन समितिको सक्रिय सहभागिता रहने निर्णय भइसकेको उल्लेख गर्दै सक्रिय सहभागिताको अपिल गरेका छन्।

Dr. Dhawal Shamsher Rana Calls for Participation in Protest Rally

Kathmandu – Dr. Dhawal Shamsher Rana, General Secretary of the Rastriya Prajatantra Party (RPP) and Coordinator of the People’s Movement Mobilization Committee, has called upon all democrats, nationalists, and pro-Hindu activists to join the mass protest being organized on Monday at Exhibition Road, Kathmandu. The protest aims to oppose the government’s attempts to restrict freedom of thought and demand the immediate release of political detainees.

Informing that he is returning to Nepal today after a health checkup in India, Dr. Rana, in a message on Sunday, said, “Let’s meet tomorrow at Exhibition Road. I will also be there.”

Dr. Rana urged all pro-Hindu, pro-monarchist, nationalist, and pro-democracy individuals to participate in the rally organized by RPP Nepal on Baisakh 15. He emphasized that no law should be enacted to suppress freedom of belief and demanded the immediate release of those detained for their views.

“The country is now seeking stability and prosperity. It is time for all those who share common ideals to unite and actively engage in the campaign to save and rebuild the nation,” said Dr. Rana.

He added that the RPP and the United People’s Movement Committee have already decided to support and actively participate in all programs organized by like-minded parties, organizations, and groups advocating for the monarchy and Hindu nationhood.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर