काठमाडांै महानगरपालिकामा आज शोक बिदा — OSNepal

काठमाडांै महानगरपालिकामा आज शोक बिदा

LC (KTM) April 27, 2025 0

काठमाडौं । काठमाडांै महानगरपालिकाले तत्कालीन काठमाडौं नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज शोक बिदा दिएको छ ।महानगरको प्रशासन विभागले सूचना जारी गदै आइतबार शोक बिदा दिएको जानकारी दिएको हो ।

उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवद्र्धन तथा सामाजिक सेवामार्फत रूपान्तरणमा पु¥याएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।

जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहेको छ ।स्वर्गीय डंगोलको हिजो टेकुमा अन्येष्टि भइसकेको छ । पूर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रबार निधन भएको थियो ।
२००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर