नेपालीमा समाचार:
काठमाडौं । नेपाल परिवार नियोजन संघको विशेष केन्द्रीय साधारण सभा शनिबार केन्द्रीय कार्यालय हरिहर भवन, ललितपुरमा सम्पन्न भएको छ।
सभामा २६ जिल्लाका शाखा सभापति, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो। सभाले संघको विधान संशोधनको प्रस्ताव पारित गर्नुका साथै आगामी दिनका लागि रणनीतिक योजना समेत तय गरेको कास्की शाखाका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो।
विशेष साधारण सभामा सम्बोधन गर्दै संघका केन्द्रीय अध्यक्ष राजेन्द्र बहादुर श्रेष्ठले संस्थालाई दातृ निकायहरूमा मात्र भर नपरी आत्मनिर्भर बनाउनेतर्फ योजना बनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा संघले प्रकाशन गरेको भित्तेपात्रोको विमोचन पनि गरिएको थियो।
त्यसैगरी, कार्यकारी निर्देशक डा. प्रविण शाक्य, वरिष्ठ मानव संशाधन प्रबन्धक रविन्द्र कार्की, एक्टिभ कार्यक्रम निर्देशक प्रमिश थापा, र अर्थ निर्देशक नवराज ढकालले संघका गतिविधिबारे प्रस्तुतिकरण गरेका थिए।
कार्यक्रममा संघका कोषाध्यक्ष निर्माण कुमार श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य कमला सापकोटाले गर्नुभएको थियो।
In English:
Nepal Family Planning Association Concludes Special Central General Assembly
Kathmandu – The Nepal Family Planning Association successfully held its Special Central General Assembly on Saturday at its central office located in Harihar Bhawan, Lalitpur.
The assembly saw active participation from branch chairpersons of 26 districts, central committee officials, and members. The meeting approved the proposal to amend the association’s statute and also outlined strategic plans for the coming days, according to Kaski branch chairperson Navin Sigdel.
Speaking at the assembly, Central President Rajendra Bahadur Shrestha emphasized the need for the organization to plan towards self-reliance, reducing dependency on donor agencies. During the event, the association also unveiled a newly published wall calendar.
Additionally, Executive Director Dr. Pravin Shakya, Senior HR Manager Rabindra Karki, Active Program Director Pramish Thapa, and Finance Director Navaraj Dhakal provided updates and presentations on the organization’s various activities.
The program featured a welcome speech by Treasurer Nirman Kumar Shrestha and was moderated by Central Committee Member Kamala Sapkota.