नेपालीमा समाचार:
लेखनाथ । पोखरा महानगरपालिका वडा नं. २६ ले एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि डिजिटल प्रविधिमा आधारित तालिमको शुक्रबारदेखि औपचारिक शुभारम्भ गरेको छ।
तालिम उद्घाटन गर्दै वडा अध्यक्ष नरेन्द्र थापाले पछिल्लो पुस्तालाई डिजिटल प्रविधिमा दक्ष बनाउन तालिम सहयोगी हुने उल्लेख गर्नुभयो। उहाँले यो तालिमले विद्यार्थीहरूलाई पढ्दै कमाउँदै गर्न सहयोग पुग्ने र जीवन उपयोगी सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
तालिममा भिडियो सम्पादन, विषयवस्तुको खोजी र चयन, तथा ग्राफिक्स डिजाइन सम्बन्धी सिकाइ समेटिएको छ, जसले विद्यार्थीहरूको आगामी अध्ययनमा समेत टेवा पुग्ने अध्यक्ष थापाले बताए। सामाजिक सञ्जाल र नयाँ सञ्चार माध्यमको विकाससँगै तालिमपछि आय आर्जनमा समेत जोडिने गरी प्रशिक्षार्थीलाई शिप सिक्न आग्रह गरिएको छ।
शिक्षाविद् रविराज बरालले परीक्षा पछिको फुर्सदको समय सदुपयोग गर्न नसकेका विद्यार्थीहरूका लागि यो तालिम उचित समयमै सञ्चालन गरिएको टिप्पणी गर्नुभयो। उहाँले महँगो शुल्क तिर्नुपर्ने ब्रिज कोर्सहरूका सट्टा स्थानीय सरकारले निःशुल्क तालिम आयोजना गरेर सकारात्मक अनुभूति दिलाएको बताउनुभयो।
वडा सदस्य तिर्थबहादुर राजभाटको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा सचिव लिलामणि भण्डारी, सूचना अधिकारी नवराज सापकोटा, र तालिम सहयोगी संस्था आकारका इन्जिनियर सन्दिप पौडेलले डिजिटल प्रविधिको ठूलो बजार रहेको भन्दै यसको सदुपयोग गर्न आग्रह गरे।
भिडियो सम्पादन, ग्राफिक्स डिजाइन, कन्टेन्ट क्रिएशन, व्यक्तित्व विकास, प्रोग्रामिङ तथा रोबोटिक्स विषयमा केन्द्रित तालिममा वडा नं. २६ का ७० जना बालबालिकाले सहभागिता जनाएका छन्।
In English:
Digital Technology Training Launched for SEE Graduates
Lekhnath – Pokhara Metropolitan City Ward No. 26 has officially launched a digital technology-based training program for students who recently appeared for the Secondary Education Examination (SEE).
Inaugurating the training session, Ward Chairman Narendra Thapa stated that the training would help the younger generation become proficient in digital technologies. He emphasized that the skills gained through this training would assist students not only academically but also in earning while studying, making the learning life-long useful.
The training covers video editing, content research and selection, and graphic design, which Chairman Thapa believes will further support students’ post-SEE education. Given the growth of social media and new communication mediums, trainees were encouraged to develop skills that could later contribute to income generation.
Educationist Raviraj Baral mentioned that the training was timely for students struggling to utilize their free time after exams. He noted that instead of paying high fees for private bridge courses, students now have access to skill-oriented training organized by the local government.
The inauguration program, chaired by Ward Member Tirtha Bahadur Rajbhat, also featured Ward Secretary Lilamani Bhandari, Information Officer Navaraj Sapkota, and engineer Sandip Paudel from supporting organization ‘Aakar.’ They highlighted the vast opportunities in the digital technology market and urged students to make the most of it.
The training, focusing on video editing, graphic design, content creation, personality development, programming, and robotics, has seen the participation of 70 children from Ward No. 26.