जसपाको नगर र गाउँ समितिको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व निर्वाचित — OSNepal

जसपाको नगर र गाउँ समितिको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व निर्वाचित

Kesh Karki (USA) April 27, 2025 0

नेपालीमा समाचार:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशअन्तर्गत ९ वटा गाउँ समिति र २ वटा नगर समिति गरी ११ पालिका समितिको अधिवेशन सफलतापूर्वक सम्पन्न गरी नयाँ नेतृत्व निर्वाचित गरेको छ ।

ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ । चिसङ्खुगढी गाउँपालिकामा प्रकाश राई र खिजिदेम्बा गाउँपालिकामा कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन भएको छ ।

भोजपुरको हतुवागढी गाउँपालिकामा नरेश राईको अध्यक्षतामा २८ सदस्यीय समिति र पाँचथरको फाल्गुनन्द गाउँपालिकामा केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय समिति निर्वाचित भएको छ ।

त्यस्तै, सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय समिति र धनकुटाको सहिदभूमि गाउँपालिकामा योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा नयाँ समिति चयन भएको छ ।

यसैगरी, मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका तथा सुनसरीको इनरुवा नगरपालिकामा पनि अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको प्रचार विभागले जानकारी दिएको छ ।

In English:

New Leadership Elected from JSP Nepal’s Municipal and Village Conventions

Kathmandu – The Janata Samajwadi Party (JSP) Nepal has successfully completed conventions in 11 local committees — including 9 village committees and 2 municipal committees — under Koshi Province, electing new leadership.

In Okhaldhunga district, Sher Bahadur Rai was elected chairperson of a 15-member committee in Mane Bhanjyang Rural Municipality. Prakash Rai and Kusang Sherpa were elected as chairpersons of the Chisankhugadhi and Khijidemba rural municipalities respectively, with a 21-member committee in Khijidemba.

Similarly, Naresh Rai was elected chairperson of a 28-member committee in Hatuwagadhi Rural Municipality, Bhojpur, while KB Chemjong was elected chairperson of a 24-member committee in Phalgunanda Rural Municipality, Panchthar.

Agni Kulung was elected to lead a 15-member committee in Mahakulung Rural Municipality, Solukhumbu, and Yogendra Sampang Rai was elected chairperson in Sahidbhumi Rural Municipality, Dhankuta.

Additionally, new leadership was also elected from conventions held in Jahada Rural Municipality and Budhiganga Rural Municipality in Morang, Siddhicharan Municipality in Okhaldhunga, and Inaruwa Municipality in Sunsari, according to the party’s publicity department.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर