गरिबी, असमानता र शोषणविरुद्ध विश्वव्यापी संघर्ष आवश्यक: अध्यक्ष उपेन्द्र यादव — OSNepal

गरिबी, असमानता र शोषणविरुद्ध विश्वव्यापी संघर्ष आवश्यक: अध्यक्ष उपेन्द्र यादव

Kesh Karki (USA) April 27, 2025 0

Nepali Version:

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले गरिबी, असमानता र शोषणविरुद्ध विश्वव्यापी रुपमा संघर्ष अगाडि बढाउनु पर्ने बताएका छन्।

भारतको हैदरावादमा प्रोग्रेसिभ एलाइन्सले आयोजना गरेको विश्वव्यापी न्याय सम्पादनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विश्वभरका मानिसहरूका लागि स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानव अधिकार, साथै आर्थिक, सामाजिक, राजनीतिक र कानुनी न्याय सुनिश्चित हुनुपर्नेमा जोड दिए।

जलवायु परिवर्तनको असरबाट प्रभावित कमजोर राष्ट्रहरूको संरक्षण गर्न जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक स्रोतहरूको न्यायपूर्ण व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै उनले विकसित देशहरूले उत्पादन गरेको प्रदूषणको असर विकासशील राष्ट्रहरूले बेहोरिरहेको हुँदा विकसित देशहरूले वातावरणीय क्षतिको जिम्मेवारी लिनुपर्ने बताए।

विश्वव्यापी व्यापार, कर प्रणाली र ऋणको भारले धनी र गरिब देशहरूबीच आर्थिक अन्तर बढाउँदै लगेको उल्लेख गर्दै यादवले आर्थिक समानताको क्षेत्रमा ठूलो चुनौती उत्पन्न भएको बताए।

“युद्ध, संघर्ष र अत्याचारले विश्वभर मानिसहरूको मौलिक अधिकार हनन गरिरहेको छ। मौलिक अधिकारको संरक्षण, लैंगिक समानता र सामाजिक न्याय प्रवर्द्धन गरिनु आवश्यक छ,” उनले भने।

जाति, लिंग, धर्म, वर्ग र राष्ट्रियताको आधारमा भेदभाव बढ्दै गएको उल्लेख गर्दै यादवले शिक्षा, स्वास्थ्य, रोजगारमा सबैको पहुँच सुनिश्चित गर्नुका साथै महिला, अल्पसंख्यक र सिमान्तकृत समुदायको अधिकार र प्रतिनिधित्व सुनिश्चत गर्नुपर्नेमा जोड दिए।

अन्त्यमा, उनले सम्पूर्ण समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील शक्तिहरूलाई स्वतन्त्रता, समानता, सामाजिक न्याय र बन्धुत्वको विश्वव्यापी अभियानलाई निरन्तर अगाडि बढाउन आह्वान गरे।

तेलांगना सरकारको संयोजन तथा प्रोग्रेसिभ एलाइन्सको आयोजनामा भारतको हैदरावादमा भइरहेको तीन दिवसीय सम्मेलनमा १०० भन्दा बढी मुलुकका ४०० भन्दा बढी समाजवादी राजनीतिक पार्टीहरूको प्रतिनिधिहरूको सहभागिता रहेको छ।

English Version:

Upendra Yadav Calls for Global Struggle Against Poverty, Inequality, and Exploitation

Kathmandu – Chairman of Janata Samajbadi Party Nepal, Upendra Yadav, emphasized the need for a global struggle against poverty, inequality, and exploitation.

Addressing the International Conference on Global Justice organized by the Progressive Alliance in Hyderabad, India, Chairman Yadav stressed that freedom, equality, social justice, human rights, and economic, social, political, and legal justice must be ensured for people across the world.

Highlighting the impact of climate change on vulnerable nations, Yadav stated that fair management of climate change, pollution, and natural resources is essential. He said that developed countries should take responsibility for the environmental damages caused by their industrial activities, as poorer and developing nations are bearing the consequences.

Yadav also noted that global trade, tax systems, and debt burdens are widening the economic gap between rich and poor countries, posing a serious challenge to equitable distribution of wealth.

“War, conflict, and oppression are violating fundamental rights globally. The protection of fundamental rights, promotion of gender equality, and advancement of social justice must be prioritized worldwide,” he asserted.

He further highlighted the growing discrimination based on caste, gender, religion, class, and nationality, and called for ensuring fundamental rights, access to education, healthcare, and employment for all, alongside the rights, resources, and representation of women, minorities, and marginalized communities.

Urging socialist, social democratic, labor, and progressive forces across the world to continue the global movement for freedom, equality, social justice, and fraternity, Yadav concluded his address.

The three-day international conference, organized by the Progressive Alliance with coordination from the Telangana government, is being attended by over 400 representatives from more than 100 socialist political parties worldwide.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर