“अर्थको अर्थ” कार्यक्रम ३२ औं वर्षमा प्रवेश — OSNepal

“अर्थको अर्थ” कार्यक्रम ३२ औं वर्षमा प्रवेश

Kesh Karki (USA) April 27, 2025 0

काठमाडौं । मुलुकको पहिलो साप्ताहिक टेलिभिजन कार्यक्रम “अर्थको अर्थ” ले आजदेखि ३१ वर्ष पूरा गरी ३२ औं वर्षमा प्रवेश गरेको छ। तीन दशकभन्दा लामो अनवरत यात्रा तय गर्दै आएको कार्यक्रममा स्थापनाकालदेखि साथ दिँदै आएका नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संस्थाहरू, अर्थशास्त्री, विज्ञापनदाता र आम दर्शकप्रति आभार व्यक्त गरिएको छ।

कार्यक्रमका प्रवन्ध निर्देशक ह्रदयराज गौतमले आगामी दिनमा देशका युवा उद्यमीहरूको योगदान, सूचना प्रविधिमा आएको परिवर्तन र सातै प्रदेशका आर्थिक गतिविधिहरूलाई अझ परिष्कृत ढंगमा प्रस्तुत गर्ने योजना रहेको जानकारी दिएका छन्। साथै, भविष्यमा अन्य टेलिभिजन च्यानलहरूमार्फत पनि कार्यक्रम निर्माण तथा प्रसारण गर्ने योजना रहेको उनले बताए।

“अर्थको अर्थ” कार्यक्रम मुलुकमा भइरहेका आर्थिक गतिविधिहरूको विश्लेषण गर्दै समाचार र विशेष कार्यक्रमको रूपमा राष्ट्रको पहिलो टेलिभिजन नेपाल टेलिभिजनमार्फत अनवरत प्रसारण हुँदै आएको छ।

संस्थाले मुलुकको आर्थिक क्षेत्रले हाल केही गति लिएको र आगामी दिनमा आर्थिक गतिविधिहरू थप चलायमान हुँदै जाने अपेक्षा लिएको जनाएको छ। साथै आर्थिक क्षेत्रले भविष्यमा अझ बृहत्तर प्रगति गर्दै नयाँ फड्को मार्ने विश्वास कार्यक्रम सञ्चालकले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर