जसपा नेपालको ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित — OSNepal

जसपा नेपालको ११ पालिका समितिमा नयाँ नेतृत्व निर्वाचित

Kesh Karki (USA) April 27, 2025 0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशअन्तर्गत ९ वटा गाउँ समिति र २ वटा नगर समिति गरी ११ पालिकामा नयाँ नेतृत्व निर्वाचित गरेको छ । पार्टीको प्रचार विभागले उक्त जानकारी दिएको हो।

ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकामा सम्पन्न अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति गठन गरिएको छ। यस्तै, प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएका छन्।

त्यस्तै, नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढी गाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति गठन गरिएको छ।

सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरिएको छ भने धनकुटाको सहिदभूमि गाउँपालिकामा योगेन्द्र साम्पाङ राईको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ।

यसैगरी, मोरङ जिल्लाको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका तथा ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवा नगरपालिकामा पनि अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको प्रचार विभागले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर