नेपाल इटा उद्योग महासंघको १९ औं वार्षिकोत्सवमा अस्पताल र बृद्धाश्रममा फलफूल वितरण — OSNepal

नेपाल इटा उद्योग महासंघको १९ औं वार्षिकोत्सवमा अस्पताल र बृद्धाश्रममा फलफूल वितरण

Kesh Karki (USA) April 27, 2025 0

काठमाडौं । नेपाल इटा उद्योग महासंघको १९ औं स्थापना दिवसको अवसरमा भक्तपुर इटा उद्योग व्यवसायी संघले शुक्रबार विशेष सामाजिक सेवा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा भक्तपुर जिल्लाका चार वटा अस्पताल र एक वृद्धाश्रमका विरामी तथा जेष्ठ नागरिकहरूलाई फलफूल र हर्लिक्स वितरण गरिएको हो।

संघले भक्तपुर अस्पताल, सूर्यविनायक अस्पताल, चागुनारायण अस्पताल र ख्वप अस्पतालमा उपचाररत विरामीहरूलाई फलफूल तथा पोषणयुक्त हर्लिक्स वितरण गरेको छ। साथै, भक्तपुर नगरपालिका वडा नं. ९ च्याम्हासिंहस्थित भक्तपुर आदर निकेतनमा रहेका करिब १७५ जना जेष्ठ नागरिकहरूलाई पनि फलफूल वितरण गरिएको संघका अध्यक्ष नातिभाइ ह्योम्वाले जानकारी दिनुभयो।

कार्यक्रमको उद्देश्य विरामी र जेष्ठ नागरिकहरूलाई मनोबल अभिवृद्धि गर्नु तथा संस्थाको सामाजिक उत्तरदायित्वलाई सुदृढ गर्नु रहेको आयोजकले जनाएका छन्।

Fruit Distribution to Patients and Elderly Homes on the Occasion of Nepal Brick Industries Federation’s 19th Anniversary

Kathmandu — On the occasion of the 19th anniversary of the establishment of the Nepal Brick Industries Federation, the Bhaktapur Brick Industries Association organized a special social service program on Friday. As part of the initiative, fruits and Horlicks were distributed to patients admitted to four hospitals and elderly residents of one senior care center in Bhaktapur district.

The Association distributed fruits and Horlicks to patients undergoing treatment at Bhaktapur Hospital, Suryabinayak Hospital, Changunarayan Hospital, and Khwopa Hospital. Similarly, approximately 175 elderly residents at Bhaktapur Adar Niketan, located in Ward No. 9 of Bhaktapur Municipality, received fruit donations, according to Association President Natibhai Hyombha.

The organizers stated that the primary aim of the program was to uplift the morale of patients and elderly citizens while reinforcing the organization’s commitment to social responsibility.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर