काठमाडौं — निर्देशक सिमोस सुनुवारको निर्देशनमा निर्माण भइरहेको सामाजिक कमेडी फिल्म ‘जन्ते बाख्रो’को दोस्रो गीत ‘अङ्गुरको झुप्पो’ सार्वजनिक गरिएको छ।
गीतमा महेश काफ्लेको शब्द रचना र संगीत रहेको छ भने रिकेश गुरुङले एरेञ्ज, मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन्। गायनमा महेश काफ्लेलाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन्।
शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आशिफ शाह र गरिमा शर्मा फिचर्ड छन्। भिडियोमा आशिफले गरिमालाई गीतमार्फत् प्रशंसा गर्दै फकाइरहेको रोमान्टिक दृश्य देखाइएको छ।
‘जन्ते बाख्रो’मा सौगात मल्ल, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय रहनेछ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्र नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने विशेष भोज “जन्ते बाख्रो”लाई केन्द्रविन्दु बनाइ निर्माण गरिएको सामाजिक हास्य कथा हो। सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् भने निर्माता सन्तोष गौतम रहेका छन्।
आगामी जेठ २३ गतेबाट नेपाल र विदेशमा एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको छायांकन हरि हुँमागाईले गरेका हुन्। सिनेमाटोग्राफी उत्तम हुँमागाईले गरेका छन् भने सम्पादन सुनिल शिवभक्तिले र पोस्टर डिजाइन रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गरेका छन्।
चलचित्रको वितरण टिफल्क फिल्मस्ले गर्नेछ भने डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको निर्माण पक्षले जानकारी दिएको छ।
Second Song ‘Angurko Jhupoo’ from ‘Jante Bakhro’ Released
Kathmandu — The second song titled ‘Angurko Jhupoo’ from the upcoming social comedy film ‘Jante Bakhro’, directed by Simos Sunuwar, has been officially released.
The song features lyrics and composition by Mahesh Kafle, with arrangement, mixing, and mastering done by Rikesh Gurung. Mahesh Kafle is joined by singer Asmita Adhikari for the vocals.
The music video, released on Friday, stars lead actors Asif Shah and Garima Sharma. The video portrays Asif charming and praising Garima through the song in a romantic setting.
‘Jante Bakhro’ features performances from Saugat Malla, Rama Thapaliya, Lokendra Lekhak, Kamal Devkota, Bishal Pahadi, Rusha Neupane, Kusum Sharma, Sneha Joshi, Samapika Gautam, and Kushal Gajmer, among others.
Presented by Muin Entertainment, ‘Jante Bakhro’ revolves around the traditional feast known as “Jante Bakhro,” hosted for guests on the day a bride is welcomed into her new home in Nepali culture. The film is a social comedy built around this cultural practice. The story, screenplay, and dialogues are written by Pradeep Bhardwaj, and the movie is produced by Santosh Gautam.
The film is scheduled for simultaneous release in Nepal and abroad on Jestha 23.
The cinematography is by Hari Humagai, additional cinematography by Uttam Humagai, editing by Sunil Shivabhakti, and poster design by Royal Bhimsen (Trident Concept Team).
Distribution within Nepal will be handled by Tifalk Films, while the digital rights have been acquired by G2One Digital, according to the production team.