काठमाडौं साउन २४ । नेकपा एमालेले स्थायी कमिटिको बैठक बोलाएको छ ।
बैठक भोली सोमबार बिहान ११ बजे पार्टी कार्यालयमा बोलाइएको हो । पार्टी एकता प्रयास भइरहँदा आजको लागि बोालाइएको बैठक भोलीलाई सारिएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका हुन् ।
बैठकले पार्टी एकताको लागि प्रयास जारी राख्ने जनाइएको छ । भोलीको बैठक भने स्थगित नहुने पनि जनाइएको छ ।