संयुक्त जनआन्दोलन समितिले राप्रपा नेपालको जनप्रदर्शनलाई समर्थन — OSNepal

संयुक्त जनआन्दोलन समितिले राप्रपा नेपालको जनप्रदर्शनलाई समर्थन

Kesh Karki (USA) April 26, 2025 0

काठमाडौं – संवैधानिक राजसंस्था पुनःस्थापना, सनातन हिन्दु अधिराज्यको संरक्षण, संघीयताको खारेजी, भ्रष्टाचार अन्त्य र सुशासन स्थापनाको पक्षमा क्रियाशील रहँदै राप्रपा नेपालले आयोजना गर्न लागेको जनप्रदर्शनलाई संयुक्त जनआन्दोलन समितिले पूर्ण समर्थन जनाएको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै २०८२ वैशाख १५ गते काठमाडौंमा आयोजना हुने राप्रपा नेपालको जनप्रदर्शनमा पूर्ण साथ र सहयोग रहने जानकारी गराएका छन्।

समितिले राष्ट्रिय झण्डा लिएर उक्त जनप्रदर्शनमा सहभागिता जनाउन र सहयोग गर्न आम नेपाली जनसमुदायलाई आह्वान समेत गरेको छ। समितिले उल्लेखित मुद्धाहरूलाई राष्ट्रिय आवश्यकता र जनचासोको विषयका रूपमा प्रस्तुत गर्दै आम नागरिकको सक्रिय सहभागिता अपेक्षा गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर