पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान — OSNepal

पूर्वप्रधानमन्त्री डा भट्टराई भारत प्रस्थान

LC (KTM) April 26, 2025 0

काठमाडौँ, १३ वैशाख: पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराई भारत प्रस्थान गर्नुभएको छ ।उहाँ प्रगतिशील नेपाली समाज, भारतको अधिवेशनमा अथितिका रूपमा सहभागी हुन आज त्यहाँ जानुभएको पार्टी उपाध्यक्ष मानुषी यमीले जानकारी दिनुभयो । आइतबारदेखि भारतको फरिदावादमा समाजको अधिवेशन सुरु हुँदैछ ।

डा भट्टराईका साथ उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी र सचिव एवं प्रवास प्रदेशअन्तरगत भारतका ईन्चार्ज शन्देश कार्की हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर