युनिटी भ्वाइसका सम्पादक राम खड्का सम्मानित — OSNepal

युनिटी भ्वाइसका सम्पादक राम खड्का सम्मानित

Kesh Karki (USA) April 26, 2025 0

काठमाडौँ – युनिटी भ्वाइसका सम्पादक रामचन्द्र खड्कालाई काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा “विशेष नागरिक क्रियसन सम्मान” प्रदान गरिएको छ। व्यावसायिक पत्रकारितामार्फत सामाजिक जागरणको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै नागरिक क्रियसनले उनलाई सम्मान गरेको हो।

विगत लामो समयदेखि पत्रकारितामा सक्रिय रहेका खड्कासँगै समाजसेवी, व्यवसायी, पत्रकार तथा विभिन्न क्षेत्रबाट समाज परिवर्तनमा विशेष योगदान पुर्‍याइरहेका व्यक्तिहरूलाई समेत सम्मान गरिएको संस्थाका अध्यक्ष यमबहादुर जिसीले जानकारी गराए।

राष्ट्रिय नाचघर, जमलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री मानवीर राई र अध्यक्ष यमबहादुर जिसीले संयुक्तरूपमा सम्मान गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री राईले नेपालको राष्ट्रिय पत्रकारिता राजनीतिक दलहरूको प्रभावबाट मुक्त हुनुपर्नेमा जोड दिएका थिए। उनले जनताको पक्षमा सही सूचना प्रवाह गर्न पत्रकारिताले दलगत भावनाबाट माथि उठ्न आवश्यक रहेको स्पष्ट पारे। साथै, पूर्व राजा ज्ञानेन्द्रप्रति संकेत गर्दै उनले अब कुनै पनि हालतमा राजतन्त्र स्वीकार गर्न नसकिने धारणा व्यक्त गरे।

कार्यक्रम महासचिव विष्णु गिरीले सञ्चालन गरेका थिए भने संयोजन नागरिक क्रियसनका उपाध्यक्ष कविन्द्र त्रिपाठीले गरेका थिए। सम्मान समारोहपश्चात र्यालनडर विमोचन तथा बद्री पराजुलीको सांगीतिक प्रस्तुति समेत आयोजना गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर