काठमाडौं – वैदेशिक रोजगारीको प्रलोभन देखाई बेरोजगार युवायुवतीहरूलाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।
प्राप्त जानकारीअनुसार नारायण बेत नाम गरेका ३१ वर्षीय युवकले आकर्षक तलबको प्रलोभनमा पारेर चेक र पिक अप (Repick) मार्फत विदेश पठाइदिने भन्दै युवायुवतीहरूलाई लामो समयसम्म झुठा आश्वासनमा राखेका थिए। तर, समयमै विदेश नपठाइदिएर सपक्कै सम्पर्क विहीन भएपछि पीडितहरूले दिएको जाहेरीका आधारमा अनुसन्धान थालिएको थियो।
अनुसन्धानपछि जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ०९ सिनामंगल क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो। थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
उनले पीडितहरूबाट करीब ३ लाख ४० हजार रुपैयाँ ठगी गरेको खुलेको छ। स्थायी ठेगाना दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं. ०६ भएका बेत हाल काठमाडौं महानगरपालिका वडा नं. ०९ मा बसोबास गर्दै आएका थिए।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको जनाएको छ।