लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि एपीएफलाई — OSNepal

लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबलको उपाधि एपीएफलाई

LC (KTM) April 25, 2025 0

खजुरा (बाँके), १२ वैशाखः विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबले लुम्बिनी कप अन्तरराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ । अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

नेपालगञ्ज रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई अन्तिम समयमा एक गोल गरेर स्तब्ध बनाएको हो । एपीएफका तर्फबाट खेलाडी गीता रानाले एक मात्र निर्णायक गोल गरिन् । राना प्लेयर अफ द म्याच भइन् ।

एपीएफले रौतहट फुटबल सङ्घलाई र पुलिसले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै फाइनल पुगेको थियो । जितसँगै एपीएफले रु पाँच लाख पाँच हजार ५५५ नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ ।

उपविजेता पुलिसले रु दुई लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी एपीएफकी कप्तान अनिता बस्नेत घोषित हुँदै नगद रु २५ हजार प्राप्त गरिन् ।

खेलको समापनमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिम्लिसेना, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीलगायतले विजेता समूहलाई पुरस्कार तथा ट्रफी प्रदान गरेका थिए ।बाँके जिल्ला फुटबल सङ्घसँगको सहकार्यमा ‘अन्तराल’द्वारा वैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर