राष्ट्रिय खेल भलिबललाई बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री तामाङ — OSNepal

राष्ट्रिय खेल भलिबललाई बागमती प्रदेश सरकारले प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री तामाङ

LC (KTM) April 25, 2025 0

त्रिशूली (नुवाकोट), १२ वैशाख : नेपालको राष्ट्रिय खेल भलिबलको महत्त्व बढाउन बागमती प्रदेस सरकारले आगामी वर्ष प्रदेशस्तरीय भलिबल प्रतियोगिता गराउने भएको छ ।नुवाकोटको म्यागङ गाउँपालिकाले आयोजना गरेको राष्ट्रव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको आज आयोजित समापनलाई सम्बोधन गर्दै बागमती प्रदेसका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले भलिबल खेलको महत्त्व बढाउन र नयाँ खेलाडी उत्पादनका लागि प्रदेश सरकारले प्रदेसस्तरीय राष्ट्रव्यापी महिला–पुरुष सम्मिलित प्रतियोगिता सञ्चालन गर्ने बताउनुभयो ।

देशको राष्ट्रिय खेल भलिबल भए पनि यसलाई टेवा पुग्ने प्रतियोगिता नभइरहेको र नयाँ खेलाडी उत्पादनको अवस्था निराशाजनक भएकाले प्रदेश सरकारले भलिबलको महत्त्व वृद्धि र खेलाडीको स्तर बढाउन सहयोग पु¥याउन प्रतियोगिता सञ्चालन गर्न लागि रहेको मुख्यमन्त्री लामाको भनाइ छ ।

“प्रतियोगिताको उत्कृष्ट खेलाडीले गर्ने अभ्यास र हुने प्रतिस्पर्धाले क्षमता बृद्धिमा सहयोग पुग्दछ”, उहाँले भन्नुभयो, “प्रतियोगिता सञ्चालनसहित त्यसको लागि आवश्यक पूर्वाधार र खेल सामग्रीको प्रबन्ध मिलाउन आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख गर्नेछाँै ।”

म्यागङ गाउँपालिकाले आयोजनामा आज सम्पन्न ‘तेस्रो राष्ट्रव्यापी अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता’ को उपाधि स्याङ्जाको चापाबोट नगरपालिकाले जितेको छ । फाइनलमा स्याङ्जाकै वालिङ नगरपालिकालाई सोझो सेट ३–० ले हराउदै चापाबोटले उपाधि जितेको हो ।

प्रतियोगितामा पहिलो भएको चापाबाटोले रु तीन लाख ३३ हजार तीनसय ३३ र दोस्रो भएको वालिङले रु दुई लाख २२ हजार दुई सय २२ प्राप्त ग¥यो । प्रतियोगितामा ओखलढुङ्गाको चम्पादेवी गाँउपालिका तेस्रो बन्यो । उसले रु एक लाख ११ हजार एक सय ११ नगद पाएको छ । उत्कृष्ट भएका टिमलाई नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र मुख्यमन्त्री लामाले प्रदान गर्नुभयो ।

म्यागङ गाउँपालिकाको आयोजनामा हरेक वर्ष सञ्चालन हुँदै आइरहेको भलिबल प्रतियोगितालाई आगामी संस्करणमा थप सुधारसहित महिला र पुरुष समूह बनाइ निरन्तरता दिने अध्यक्ष आशा तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर