काठमाडौं — चर्चित गायक प्रमोद खरेल र गायिका अन्नु चौधरीको सुमधुर स्वरमा सजिएको नयाँ नेपाली गीत “के गरौं भन तिम्रो हुनलाई” सार्वजनिक गरिएको छ। रोमान्टिक भावनाले भरिएको यो गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।
गीतलाई गीतकार किरण के. उप्रेतीले मन छुने शब्दहरूमा प्रस्तुत गरेका छन्। संगीतकार नविन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजनले गीतलाई भावपूर्ण बनाएको छ।
म्युजिक भिडियोमा कलाकार रञ्जन कोईराला र गरिमा शर्माको रोमान्टिक अभिनय देख्न सकिन्छ, जसले दर्शकको मन जितिरहेको छ। भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादनमा विष्णु खड्काको कलात्मकता देखिएको छ।
भिडियोको निर्देशन र कन्सेप्ट मुनाल शिशिर कोइरालाले गरेका हुन्। सार्वजनिक भएको केही समयमै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ, र दर्शकहरूले गायकद्वयको मेल आवाज र भावनात्मक प्रस्तुतिलाई विशेष प्रशंसा गरेका छन्।