समुद्रमा पाइने ८० प्रजातिका माछा अब एउटै टनेलमा हेर्न पाइने — OSNepal

समुद्रमा पाइने ८० प्रजातिका माछा अब एउटै टनेलमा हेर्न पाइने

LC (KTM) April 25, 2025 0

काठमाडौँ। समुद्रमा पाइने ६० देखि ८० प्रजातिका माछा अब एउटै टनेलमा हेर्न पाइने भएको छ । ललितपुरको चिडियाखाना सँगै रहेको फुटबल ग्राउन्डमा ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ मा जाने जो कोहीको आर्कषणको केन्द्र बन्न पुगेको छ ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ । बच्चादेखि युवा युवतीसम्मलाई लक्षित गर्दै संचालनमा ल्याइएको ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’ मा विभिन्न उमेर समूहका व्यक्तिलाई लक्षित गर्दै खेल, मनोरञ्जन तथा विभिन्न स्वादका परिकार एकै ठाउँमा राखिने व्यवस्था गरिएको छ। एक्स्पोमा आकर्षणको रूपमा फिस टनेल र सुनामी राइड रहेको छ। समुद्र मुनी गएरै विभिन्न प्रजातिका माछा हेरेजस्तो फिल आउने गरी फिस टनेल स्थापना गरिएको छ। सो टनेल नेपालमा पहिलो पटक ल्याइएको एक्स्पो व्यवस्थापक प्रभाकर लामिछानेले जानकारी दिए।

त्यस्तै, सुनामी राइड पनि नेपालमा पहिलो पटक परीक्षण गरिएको छ। सामुन्द्रिक सुनामीकै अनुभूति हुने गरी राइड गर्न सकिने व्यवस्था मिलाइएको छ। यसअघि बुटवल र नेपालगन्जमा सुनामी राइड गर्नेहरूको भीड थाम्न हम्मे परेको अर्का व्यवस्थापक दीपक दाहालले बताए। ‘काठमाडौँ उपत्यकामा पहिलो पटक सञ्चालनमा ल्याइएको छ ।

आशा छ, मन पराइन्छ।’ उनले भने। एक्स्योमा फिस टनेल, सुनामी राइडको अलवा रोटे पिङ, कोलम्बस, ड्रागन लगायतका पिङको मजा लिन सकिने छ। एक्स्पो बिहान १० बजेदेखि साँझ ८ बजेसम्म खुला रहने छ । कला संस्कृति संरक्षण नेपाल मुख्य आयोजक रहेको ‘ललितपुर फिस टनेल एक्स्पो २०८२’लाई संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रा।ली।ले आयोजना गरेको हो। राजधानी अम्यूजमेन्ट राइड्स नेपालले व्यवस्थापन गरेको एक्स्पो सञ्चालनमा जाउलाखेल युवा क्लबले सहयोग गरेको छ। चिडियाखानासँगै रहेकाले यहाँ दुवैतर्फको मनरञ्जन लिन सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर