काठमाडौं – काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु काठमाण्डौले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा बंगलादेशी नागरिकहरुले अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, अल्बानिया, रुमानिया लगायतका देशहरूमा रोजगारी लगाइदिने नाममा जनही ३,५०० अमेरिकी डलर लिई नेपाल ल्याई ठगी गर्दै आएको खुलासा भएको छ।
प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८२।०१।१० गते राति ५ जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक अंगुर जिसीले थप अनुसन्धान तथा आवश्यक कारवाही अघि बढाइएको जानकारी दिएका छन्।