‘छुटाउनै नमिल्ने’ अफर: दिपल इभीको प्रि–बजेट स्किम सार्वजनिक — OSNepal

‘छुटाउनै नमिल्ने’ अफर: दिपल इभीको प्रि–बजेट स्किम सार्वजनिक

Kesh Karki (USA) April 25, 2025 0

काठमाडौं – नेपालका लागि लक्जरी इभी ब्रान्ड दिपल को आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्प ले स्टाइलिस र अत्याधुनिक फिचरले भरिएको दिपल इभी खरिद गर्न चाहने ग्राहकका लागि ‘अनमिसेबल प्रि–बजेट अफर’ घोषणा गरेको छ।

यो अफर आगामी बजेट सार्वजनिक हुनुअघि सुरु गरिएको हो र यसले ग्राहकलाई नगद छुट, पुरानो गाडीमा एक्सचेञ्ज बोनस, एक वर्षको निःशुल्क रोड ट्याक्स, र कम्प्रिहेन्सिभ अटो प्लस बिमा प्रदान गर्नेछ। ग्राहकले अब केवल २० प्रतिशत डाउनपेमेन्टमै ८.९९ प्रतिशत ब्याजदरमा दिपल इभी खरिद गर्न सक्नेछन्।

अफर वैशाख १० देखि ४५ दिनसम्म लागु हुनेछ। यस अवधिमा ग्राहकलाई ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको ट्राभल चार्जर निःशुल्क प्रदान गरिनेछ। विद्युतीय सवारीसाधनमा कर थपिने सम्भावनाबीच दिपल इभीलाई पुरानो मूल्यमा खरिद गर्ने यो अन्तिम अवसर हुनसक्ने बताइएको छ।

केवल एक वर्षमै आठ सयभन्दा बढी एकाइ विक्री गर्दै दिपल नेपालमा सबैभन्दा रुचाइएको लक्जरी इभी ब्रान्ड बनेको छ। हाल दिपलका S07, S07L, L07, र E07 मोडेलहरू उपलब्ध छन् जसमा ‘जेस्चर कन्ट्रोल’, ‘AR–HUD’, ‘सनफ्लावर टचस्क्रिन’ लगायत १० भन्दा बढी उद्योगमै पहिलोपटक लागू गरिएका प्रविधिहरू छन्।

एमएडब्लु वृद्धिले नेपालभर १०० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालन गर्दै इभी इकोसिस्टमलाई बलियो बनाउँदै आएको छ। यो सञ्जाल हालसम्मकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्कको रुपमा स्थापित भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर