बैंकिङ कसूर मुद्दामा फरार अभियुक्त एकराज श्रेष्ठ काठमाडौँबाट पक्राउ — OSNepal

बैंकिङ कसूर मुद्दामा फरार अभियुक्त एकराज श्रेष्ठ काठमाडौँबाट पक्राउ

Kesh Karki (USA) April 25, 2025 0

काठमाडौं – बैंकिङ कसूरसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका अभियुक्त एकराज श्रेष्ठलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

सिन्धुली जिल्ला, भिमस्थान गाविस वडा नं. ३ (हाल तीनपाटन गाउँपालिका–३) स्थायी घर भई हाल काठमाडौं, बुढानीलकण्ठ नगरपालिका वडा नं. ८ भंगाल बसोबास गर्दै आएका ३६ वर्षीय श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२ साल वैशाख १० गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका–९, सिनामंगलबाट पक्राउ गरेको हो।

श्रेष्ठविरुद्ध काठमाडौँ जिल्ला अदालतले बैंकिङ कसूर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउपछि उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको छ।

प्रहरी उपरीक्षक अंगुर जिसीको नेतृत्वमा जारी कारवाही अन्तर्गत प्रहरी निकायले फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने कार्यलाई तीव्रता दिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर